०८ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरी – सत्तारुढ दल नेकपाको आज शनिबार १ बजेबाट बस्ने सचिवालय बैठकप्रति आम चासो बढेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओलीले पनि आफ्नो तर्फबाट पनि राजनीतिक प्रस्ताव पेस गर्ने भएकै कारण बैठकप्रति सबैको चासो बढेको हो ।पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रस्तावले आफुलाई लाञ्छित गरेको बताउँदै आउनुभएका ओलीले दाहालका आरोपलाई शुरुमै खारेज गर्ने घोषणा गर्दै त्यसको लिखित जवाफ दिने बताउनुभएको थियो ।बालुवाटार श्रोतले बताए अनुसार, ओलीले प्रचण्डका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नहरु समेटेर त्यसको जवाफ तयार गर्नुभएको छ । जसलाई आजैको सचिवालय बैठमा ओलीले प्रस्तुत गर्दै हुनुहुन्छ ।बैठकमा ओलीको प्रस्ताव पेस भएपछि दाहालसमूहले त्यसैका आधारमा रणनीति तय गर्ने तयारी गरेको छ । पार्टी भित्र अध्यक्षद्वयको प्रस्तावलाई साझा प्रस्ताव बनाएर अघि बढ्ने प्रयास भई रहेको भएपनि त्यसले मूर्त रुप भने लिन सकेन । ओलीको प्रस्तावपछि पार्टीभित्र कुनै असहजता देखिएमा दाहाल समुहले बहुमतका आधारमा निर्णय गरेर अघि बढ्ने तयारी गरेको पनि बताईएको छ ।

शुरुमा नेकपामा विभिन्न नियुक्तिका बिषयलाई लिएर शुरु भएको विवाद पछि गएर राजनीतिक चलखेलसँगै पार्टी र सरकार सञ्चालनका कारणहरु जोडिएको थियो । जुन यतिबेला फुटको नजिक आईपुगेको छ । त्यही विवादले पछिल्लो समय गत कार्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा दाहालले ओलीविरूद्धको राजनीतिक प्रस्ताव ल्याएपछि भने उग्र आकार ग्रहण गरेको हो ।दाहालले ल्याएको सो प्रस्तावमा ओली असफल भएको भन्दै ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएपछि उहाँले मंसिर ३ मा बसेको बैठकमा आरोप पुष्टि नभए दाहालले पद त्याग गर्नु पर्नेसमेत चेतावनी दिनुभएको थियो । सोही बैठकले ओलीलाई पनि राजनीतिक प्रस्ताव पेस गर्न १० दिनको समयावधी दिएको थियो भने स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति पनि तोकेको थियो ।

सचिवालय बैठकमा विवाद हल नभए जारी विवाद १८ मंसिरको स्थायी कमिटी तथा २५ मंसिरको केन्द्रीय कमीटी बैठकमा पुगेर छिनोफाने गर्न दुबै पक्ष अघि बढेका छन् । त्यसका लागि दुबै पक्षले विभिन्न प्रदेशहरूमा गुटगत भेला पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]