०८ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ०९, २०७८

उदयपुर – उदयपुरमा पहिलो पटक सवारी साधन अनुमति पत्रको प्रयोगात्मक परीक्षा बुधबारबाट एक कार्यक्रम विच शुरु भएको छ । कार्यक्रमको प्रमुख अतिथि तथा प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले एक कार्यक्रमका विच ट्राइल सेन्टरको उद्घाटन गरेका हुन् ।मन्त्री कार्कीले रिवन काटेर ट्राइल सेन्टरको उद्घाटन गर्नुको प्रयोगात्मक परीक्षा तथा ट्राइल सेन्टरको स्थलको अनुगमन गरे ।
मन्त्री कार्कीले यातायात व्यवस्था सेवा कार्यालयबाट सेवाग्राहीलाई छिटो र सहज रुपले सेवा प्रदान गर्न निर्देशन दिएका छन् । कार्यालयमा कर्मचारी र स्रोत साधनको कमी रहेको कुरालाई ध्यानमा राख्दै मन्त्री कार्कीले त्यसको हल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

यातायात कार्यालय उदयपुरले गत कार्तिक २८ गतेदेखि सवारी चालक अनुमती पत्र जारी प्रक्रिया सुरु गरेको हो । उदयपुरबाटै यातायात सम्बन्धी सबै खाले सेवा सुरु भएकोमा खुसी ब्यक्त गर्दै मन्त्री कार्कीले यसले छिमेकी जिल्लाहरुमा समेत सुविधा पुग्ने बताए ।

प्रयोगात्मक परीक्षा (ट्रायल)को सुरुवातको पहिलो दिन २५० जना परिक्षार्थी सहभागी भएका थिए । उनीहरु पाँच दिनअघि लिखित परिक्षामा उतिर्ण भएका र सवारी लाइसेन्स थपका हुन् ।

निर्देशक यातायात व्यवस्था निर्देशनालय इटहरीका निर्देशक भिमप्रसाद गौतमले यातायात कार्यालयको तर्फबाट प्रभावकारी सेवा हुने बताए । उनले यातायात कार्यालयबाट प्राप्त हुने सेवा सुविधा सहजमा कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

पहिलेको सरकारले के के काम गर्यो त्यस विषयमा म व्याख्या र विश्लेषण गर्न चाहन तर पछिल्लो चरण पाँच दलिय गठबन्धनको सरकार बनेको छ । यो सरकारले कति विकास गर्ने छ त्यो भविष्यले देखाउने छ । यति भन्न चाहान्छौ कि यो सरकार प्रदेशको जनताको अभिमतको कदर गर्दै धेरै काम गर्न नसकेपनि जनता प्रति बेइमान नगर्ने मन्त्री कार्कीले प्रतिवद्धता जनाए । गाईघाटमा ट्राइल सेन्टर संचालन भएसँगै प्रदेशको आयश्रोतमा वृद्धि पनि भएको मन्त्री कार्कीले बताए ।

कार्यक्रममा प्रदेश सांसद विमल कार्की, अम्बिका थापा र सुनिता चौधरीले मन्तब्यमा सेवा सुरुवात भएकोमा खुसी ब्यक्त गर्दै आफुहरुको पहल सकारात्मक रहेको बताउनु भयो ।

२०७२ साल असारमा सेवा कार्यालय घोषणा गरेकै वर्ष मधेश आन्दोलनले कार्यालय स्थापना हुन सकेन् । मधेश आन्दोलनको चपेटामा इन्टरनेट सेवा जडान गर्ने कम्पनीले करिव एक वर्ष इन्टरनेट जडान नगर्दा कर्मचारी हाजिर गरेर फर्किने बाहेकको काम हुन सकेन । शुरुमै कार्यालय प्रमुख सहित सात जनाको दरबन्दी रहेपनि कर्मचारी अभाव त्यतिकै व्यहोर्नु पर्यो । कार्यालयमा एक जना कार्यालय प्रमुख र एक जना सहयोगी बाहेक अन्य कर्मचारी नपाउँदा २०७५ सालसम्म काम गर्ने अवसर नै पाएन ।

कार्यालयको विषयमा पटक पटक संचार माध्यममा समाचारहरु आउन थालेपछि बल्ल २०७५ सालबाट ब्लुबुक नविकरण, पटके काट्ने कामको शुरुवात भयो । त्यसपछि अन्य सुविधाहरु थप्ने काम भयो । सेवा कार्यालयको रुपमा स्थापना भएपनि भौतिक पूर्वाधारको अभावमा सवारी चालक अनुमति पत्र लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा हुन सकेको थिए ।

उदयपुर यातायात सेवा कार्यालयलाई लाईसेन्स बितरणको अधिकार नहुँदा यसअघि जिल्लाका हजारौँ सेवाग्राही २ नं. प्रदेश सिराहाको लाहान, जनकपुर, वीरगञ्ज र सुनसरीको इटहरी पुग्नु पर्ने बाध्यता थियो । तत्कालको लागि दुई पाँग्रे र हल्का चार चक्के सवारी साधनको लाइसेन्सको सवारी चालक अनुमति पत्र दिने काम शुरुवात भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]