११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर १३, २०७८

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विन्टर सिजनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवाको उडानतालिका सार्वजनिक गरेको छ । क्यानले २७ मार्च २०२२ सम्मका लागि अन्तर्राष्ट्रिय उडानतालिका सार्वजनिक गरेको हो ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित १९ अन्तर्राष्ट्रिय वायुसेवाका लागि उडानतालिका सार्वजनिक गरेको क्यानका उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी गराए । यी एयरलाइन्सले सातामा करिब दुई सय ३० अन्तर्राष्ट्रिय उडानमार्फत काठमाडौंलाई विश्वका विभिन्न सहरसँग जोड्नेछन् ।

तालिकाअनुसार कतार एयरवेज, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबईले सबैभन्दा बढी उडान अनुमति पाएका छन् । कतार एयरवेजले दोहा–काठमाडौं दैनिक पाँचवटा, एयर अरेबियाले सारजहाँ–काठमाडौं दैनिक तीन र आबुधावी–काठमाडौं दैनिक एक उडानको अनुमति पाएको छ ।
क्यानका अनुसार गल्फ एयरले डिसेम्बरदेखि हप्तामा तीनवटा उडान गर्न प्रस्ताव गरेको छ । साथै, डिसेम्बरदेखि इन्डियासँगका उडान पनि थपिने देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]