सप्तरी – गत कार्तिक २६ गते राति घरमै आमासँग सुतिरहेकी माधव नारायण नरपालिका–५ लौकाहा टोलकी १८ बर्षीया अमृता कुमारी साहको हत्यामा संलग्न ५ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
१५ दिन अघि सुतेको अवस्थामा युवतीको टाउको गोली लागि घटनास्थलमै अमृता कुमारीको मृत्यु भएको थियो । हत्यामा संलग्न ५ जनलाई प्रहरीले शुक्रवार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका ५ जनालाई रौतहट प्रहरीले आइतवार सार्वजनिक गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
अमृताकुमारीको २०७६ फागुनमा सर्लाहीका रुपेश साहसँग विवाह गरेपछि सम्बन्ध विच्छेद भएको थियो ।