०८ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १६, २०७८

कास्की — पोखरामा पहिलो पटक निर्मित केबलकारको परीक्षण सफल भएको छ । अन्नपूर्ण केवलकार कम्पनीले निर्माण गरेको केवलकारको मंगलबार परीक्षण गरिएको थियो । सञ्चालक तिर्थराज त्रिपाठीका अनुसार फेवाताल किनार सेदीबगरदेखि सराङकोट जाने केबलकारको २ घण्टा परीक्षण गरिएको थियो । परीक्षणमा कुनै पनि समस्या नदेखिएको उनले बताए ।

आगामी जनवरी १ देखि व्यावसायिक रुपमा सञ्चालनको तयारीमा कम्पनी छ । केबलकारमा जडित डिब्बा (गुन्डला) र टावरको जडान परीक्षण गर्न जापानबाट ७ प्राविधिकको टोली आएको थियो । जापानी निपुन केवलबाट ओचीआई नेतृत्वको टोली एक साताअघि आएर अन्तिम चराणको काम गरिरहेको उनले बताए ।

कोरोना महामारी र निर्माण कम्पनीले पटकपटक म्याद थप्दा आयोजना निर्माणमा तोकिएभन्दा ४ वर्ष ढिलो भएको कम्पनीले जनाएको छ । केबलकार सञ्चालनमा आएपछि सेदीबगरबाट ७ मिनेटमै सराङकोट पुग्न सकिन्छ । अहिले गाडीमा करिब ३० मिनेट लाग्छ । नेपालीका लागि भाडा (जाने र आउने) ६ सय रुपैयाँ तोकिएको छ । विदेशीलाई १५–२० प्रतिशतसम्म बढी शुल्क लिने र स्थानीय, विद्यार्थीलगायतका लागि विशेष छुटको व्यवस्था हुने त्रिपाठीले बताए । उनका अनुसार आयोजनाको लागत करिब २ अर्ब पुगेको छ । २.४ किलोमिटर दूरीमा १८ टावर र १८ वटा डिब्बा रहनेछन् । कम्पनीले हाल करिब २५ जनालाई रोजगारी दिँदै आएको छ भने व्यावसायिक रुपमा सञ्चालन भए ८० जनालाई रोजगारी दिने जनाएको छ ।

प्राविधिक इन्चार्ज डिएन कायस्थले छिट्टै लोड परीक्षण गरी व्यावसायिक रूपमै केबलकार सञ्चालन गर्ने तयारीमा रहेको बताए । उनका अनुसार बिहीबारदेखि नियमित परीक्षण हुनेछ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षणका सबै चरण पार गरेपछि मात्र व्यावसायिक रूपमा सञ्चालन गरिने त्रिपाठीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]