०८ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १६, २०७८

नक्कली ‘युरेनियम’ देखाएर ठग्न खोजेको आरोपमा महानगरीय अपराध महाशाखाले ३ जना युवकलाई पक्राउ गरेको छ । १२ सय ग्रामको दुईवटा ढुंगाजस्तो देखिने वस्तु देखाएर उनीहरुले ठग्न खोजेको अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–६ घर भएका ३१ वर्षीय प्रदिप घिमिरे, राजेन्द्र परियार र काठमाडौंको तारकेश्वर नगरपालिका स्थित फुटुङ घर भएका २६ वर्षीय रञ्जित कार्की छन् ।

उनीहरुको साथबाट कालो र सेतो मिसिएको १२ सय ग्रामको ढुंगा बरामद गरिएको एसपी पंगेनीले बताए

आरोपीहरुले युरेनियम भनेर सो ढुंगालाई २ करोडमा बेच्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । बालाजुबाट पक्राउ गरेर आरोपीहरुमाथि महाशाखाले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]