२५ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १७, २०७८

निर्माण सुरू भएको झण्डै पाँच वर्षपछि गोदावरी सडक निर्माण अन्तिम चरणमा पुगेको छ।
सडकमा आवश्यक संरचना निर्माण सकिएकाले बिहीबारदेखि कालोपत्र सुरू गरिएको छ।
सो सडकमा दुई प्याकेजमध्ये एउटामा पहिले नै कालोपत्र सम्पन्न भइसकेको छ।

बाँकी एउटामा बिहीबारदेखि कालोपत्र सुरू गरिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।

झण्डै चार किमी सडकमा अहिले कालोपत्र अघि बढाइएको आयोजनाका इञ्जिनियर वसन्तकुमार गाइँले बताए। उनका अनुसार हरिसिद्धिको एक ठाउँबाहेक अन्यत्र कालोपत्र सकिने भएको छ।

हरिसिद्धिको घुम्तीमा भने तत्काल कालोपत्र हुनसक्ने अवस्था नरहेको इञ्जिनियर समेत रहेका उनले बताए।

सडकको दुवैतर्फ नजिकै घर रहेकाले साँघुरो सडकमा अर्काे चरणमा काम गरिने उनले जानकारी दिए।

सो खण्डमा कालोपत्र गर्दा नटिक्ने हुँदा कंक्रिट ढलान गर्ने गरी योजना बनाइएको छ।

उनले भने, ‘माथिल्लो तहबाट टुंगो लागेपछि ठेक्का लगाएर ढलान गर्नुपर्छ।’

ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा पर्ने सो सडक संघीय सडकका रूपमा छ। सो सडकमा लामो समयसम्म निर्माणले गति नलिएको भए पनि पछिल्ला दिनमा केही गति लिन थालेको आयोजनाका प्रमुख दीपेन्द्र पाण्डेले बताए।

उनका अनुसार आयोजनाले स्थानीयबासीले लामो समयदेखि दुःख पाइरहेकाले जनशक्ति र उपकरण दुवै थप्न कम्पनीलाई भनिएको थियो।

पाँच वर्ष पहिले विस्तार सुरू गरिएको सो सडकमा सुरूका वर्षमा चौडाइ विवादका कारण निर्माण अघि बढ्न सकेको थिएन। स्थानीयबासीले घर भत्काउन विरोध गरेपछि निर्माण ठप्प थियो।

पहिले निर्माण व्यवसायीले काम गर्न चाहे पनि आयोजनाले नै निर्माणस्थल खाली गर्न सकेको थिएन।

तीन वर्ष पहिले सर्वाेच्च अदालतले उपलब्ध चौडाइमा नै निर्माण गर्न फैसला गरेको थियो।

सोही आधारमा पहिले २० मिटर चौडाइमा कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भए पनि विभागले उपत्यकाका विस्तारका क्रममा रहेका अरू सडकजस्तै यो सडकमा उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो।

सो सडक २० मिटर चौडा गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयबासी र आयोजनाबीच सहमति भएको थियो। त्यसपछि पनि १६ मिटरभित्रै घर भएका स्थानीयबासीले सडकका लागि जग्गा दिन नमानेपछि सडक अलपत्र बनेको थियो।

सो सडकमा गोदावरीको साढे तीन किमी सडक मात्रै १६ मिटर चौडाइ कायम गर्न सकिने अवस्था छ।

बाँकी सडकमा अहिले १६ मिटरभन्दा कम चौडाइ रहेको आयोजनाले जनाएको छ।

चौडाइ कम भएका स्थानमा पैदल यात्रुमार्ग, ह्युमपाइप लगायतका संरचना बनाउन नसकिने विभागले बताउँदै आएको छ।

टौखेलदेखि गोदावरीसम्मको सडक भने गत वर्ष नै निर्माण सम्पन्न भइसकेको छ।

लामो समयदेखि सो सडक अलपत्र हुँदा गोदावरीसँगै बडिखेल, लेले, बिसङ्खुनारायण, गोदामचौर लगायतका स्थानका नागरिक हैरान छन्। वनस्पति उद्यान र प्राकृतिक सुन्दरताका कारण गोदावरी पुग्ने पर्यटकलाई समेत असर पुगेको छ।

सरकारले निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठूला कार्यक्रमको आयोजना गरिने भए पनि आवतजावतमा समस्या छ।

विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरिसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साविकको ठैव र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ। सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो। सडक निर्माणको ठेक्का आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिइएको छ।

ठेक्का अवधि सकिए पनि कोभिडका कारण अवरूद्ध अरू आयोजनाजस्तै छ महिना थपिएको छ।

आयोजनाले भने अवधि बाँकी भए पनि सो सडक त्यस पहिले नै कालोपत्र गर्न निर्माण कम्पनीलाई भनेको छ।

काठमाडौं उपत्यकामा पाँच/छ वर्ष पहिले विस्तार सुरू भएका सडकमध्ये अधिकांश अझै सम्पन्न भइसकेका छैनन्। आयोजनाले चैतभन्दा पहिले नै सम्पन्न गर्ने गरी योजना बनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]