नेपालमा कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट दुई जनामा संक्रमण देखिएको छ । एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा एक अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
नेपालमा ओमिक्रोन संक्रमित भेटिएपछि आज रातिदेखि हङकङसहित यी ९ देशबाट नेपाल आउन प्रतिवन्ध लगाउने तयारी गरेको छ । यसबारेमा मन्त्रालयले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। यो भाइरस सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको थियो। आइतवार मात्रै भारतका विभिन्न प्रान्तमा १८ जनालाई यो भाइरस संक्रमण देखिएको थियो।
अहिलेसम्म यो भेरियन्ट विश्वका करिब ४० मुलुकमा पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनले यो भेरियन्ट तीव्र संक्रामक भएकाले सचेत हुन आग्रह गरिसकेको छ।