०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २६, २०७८

सप्तरी – शीतलहरबाट सप्तरीमा यस वर्ष ५० हजार व्यक्ति प्रभावित हुन सक्ने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको ‘शीतलहर आकस्मिक योजना २०७८’ प्रतिवेदनमा मंसिरदेखि फागुनसम्म पाँच हजार विपन्न घरका ५० हजार व्यक्ति प्रभावित हुन सक्ने अनुमान गरिएको हो ।

समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सबैभन्दा बढी हनुमाननगर कंकालिनी नगरपालिकामा एक हजार ५० परिवारका १० हजार पाँच सय र सबैभन्दा कम रूपनी गाउँपालिकामा ५० घरपरिवारका पाँच सय व्यक्ति शीतलहरबाट प्रभावित हुन सक्ने योजनामा समेटिएको जानकारी दिए ।

तिलाठी कोइलाडी गाउँपालिकामा चार सय ५० घरका चार हजार पाँच सय, छिन्नमस्ता गाउँपालिकाका तीन सय ७५ घरका तीन हजार सात सय ५०, तिरहुत गाउँपालिकाका तीन सय ५० घरका तीन हजार पाँच सय, राजगढ गाउँपालिकाका तीन सय ५० घरका ३५ सय व्यक्ति प्रभावित हुन सक्नेछन् ।

यस्तै, डाकनेश्वर नगरपालिकामा तीन सय ५० घरका तीन हजार सात सय ५०, कञ्चनरूप नगरपालिका र बलान विहुल तथा महादेवा गाउँपालिकामा समान दुई सय ५० परिवारका २५–२५ सय व्यक्ति प्रभावित हुन सक्नेछन् । राजविराज र खडक नगरपालिमा समान दुई सय घरका दुई–दुई हजार, छिन्नमस्ता गाउँपालिकामा एक सय ७५ घरका एक हजार सात सय ५० व्यक्ति प्रभावित हुन सक्ने योजनामा समेटिएको छ ।

सप्तकोसी, सुरुंगा र बोदे बरसाइन नगरपालिका तथा विष्णुपुर गाउँपालिकामा समान एक सय ५० घरका १५–१५ सय र शम्भुनाथ नगरपालिकामा एक सय घरका पाँच सय व्यक्ति शीतलहरबाट प्रभावित हुन सक्नेछन् ।

शीतलहरबाट सर्वसाधारणलाई जोगाउन सबै स्थानीय तह र सरोकारवालासँग समन्वय गरेर पहिले नै न्यानो कपडा, इन्धन, दाउरा वितरण गर्ने, एफएमबाट जनचेतनामूलक सामग्री प्रसारण गर्ने, शीतलहर पूर्वतयारी कार्यशाला सञ्चालन गर्ने–गराउनेलगायतका कार्य गर्ने योजनामा समेटिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]