एजेन्सी – केही खेलाडी र पदाधिकारीलाई कोभिड–१९ संक्रमण देखिएका कारण मंगलबार हुने तय भएकाे इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाईटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित भएको छ ।
खेल अघि गरिएको परीक्षणमा युनाईटेडका केही खेलाडी र पदाधिकारीमा कोभिड–१९ को संक्रमण देखिएको थियो ।
खेल ओल्ड ट्राफोर्डमा तय गरिएको थियो ।
कोभिड संक्रमण देखिएको खेलाडी र पदाधिकारीलाई सेल्फ आईसोलेसनमा राखिएकाे छ ।