११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरी – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सकहरु पुनः आन्दोलित भएका छन्। प्रतिष्ठानका पदाधिकारीसँग विगतमा भएका सहमति कार्यान्वयन भएको भन्दै त्यहाँका इन्टर्न चिकित्सकहरु पुनः आन्दोलित भएका हुन्।

उनीहरुले प्रेस विज्ञप्ति जारी गरी आइतबारदेखि इन्टर्न मार्फत हुने सबै सेवा सुविधाहरु स्थगित गरेको जनाएका छन्।जीवन निर्वाह भत्ता सम्बन्धी २०७६ साल वैशाखको १९ गते भएको सहमति बमोजिम त्रिवि शिक्षण अस्पतालमा हुने वृद्धिलाई आधार मानी सोही अनुपातमा प्रतिष्ठानमा पनि वृद्धि गर्ने सहमित भएको थियो। त्रिवि शिक्षण अस्पतलामा ८ औं तहको ५० प्रतिशतको व्यवस्था भएका कारण प्रतिष्ठानमा पनि जीवन निर्वाह भत्ता सोही अनुसारको कार्यान्वयन हुनुपर्ने, विगतको सहमति अनुसार जीवन निर्वाह भत्तामा ३ प्रतिशत मंहङ्गी भत्ताको व्यवस्था भए बमोजिम कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ। यस्तै, इन्टर्न चिकित्सकहरुलाई नाइड डिउटीको लागि खाजाको व्यवस्था सम्बन्धी सहमति भएपनि कार्यान्वयन भएका कारण त्यसका लागि जीवन निर्वाह भत्तामै थप एक हजार प्रदान गर्नुपर्ने, जीवन निर्वाह भत्तामै समावेश गर्ने गरी माक्स, सेनिटाइजर, फेस सिल्ड लगायत सामग्रीहरुको लागि न्यूनतम थप एक हजार व्यवस्था गुर्नपर्ने लगायत १० बुँदे माग उनीहरुले अघि सारेका छन्। हालसम्म कोभिड १९ संक्रमण भएपछि आइसोलेसनमा बसेको समयको हाजिरी प्रदान गर्न प्रतिष्ठानले उपयुक्त व्यवस्था गरी इन्टर्नसीप तोकिएकै समयमा सकिने कुराको सुनिश्चित गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

सहमति भएको दुई महिना बितिसक्दा पनि प्रतिष्ठानले कार्यान्वयन नगरेपछि पुनः विरोधका कार्यक्रम ल्याउन बाध्य भएको इन्टर्न संघर्ष समितिले जनाएको छ। मिति २०७७ आश्विन १८ गते दर्ता नं १२९० र मिति २०७७ आश्विन १४ गते दर्ता नं १२३० मा रहेको ध्यानाकर्षण पत्र वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासन समक्ष इन्टर्न चिकित्सकहरूले न्यूनतम मागहरू राखी बुझाएका थियौँ। आज उक्त विज्ञप्ति जारि भएको २ महिना भन्दा बढी समय भैसकेको छ। यो दुई महिनाको अन्तरालमा प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी ज्युहरु संग बेला बेला झक्झक्याउने र उपयुक्त कार्यालयहरूमा ध्यानाकर्षण गराइरहेका थियौँ र उहाँहरूको आश्वासन बमोजिम नै हामीले पूर्व निधारित आन्दोलनका कार्यक्रम फिर्ता लग्दै नियमित कामकारवाहीमा फर्केका थियौँ। यस बिच पनि प्रतिष्ठानका पदाधिकारी ज्युहरूलाई हाम्रा मागहरूकाे सम्बोधनको सुनिश्चितताका निम्ति पुन पटक पटक उपकुलपति ज्युलाई भेट्न र छलफलको निम्ति समय मिलाइदिन पटक पटक आग्रह गर्दा, त्यसको निम्ति पनि पहल नभएको समेत जानकारी गराउन चाहान्छौँ। अन्य पदाधिकारी ज्यूहरूलाई पनि यस बारेमा समय समयमा घच्घच्याउदा हामीहरूको माग सम्बोधन भैसकेको भनि मौखिक आश्वासन गराउदै आउनुभएको थियो। ईन्टनहरूले नियमित जीवन निर्वाह भत्ता पाउनुपर्ने समयको १२ दिन पश्चात हामीलाई पदाधिकारी ज्युहरुले आश्वासन दिए विपरित, पहिलेकै नियम अनुसार जीवन निर्वाह भत्ता आएपश्चात हामी सम्पूर्ण इन्टर्न चिकित्सकहरू अन्दोलनको बाध्यकारी कदम उठाउन बाध्य भएका छौँ। यसरी प्रतिष्ठानका पदाधिकारी ज्युहरूले आश्वासन दिए बमोजिम नभए पश्चात सम्पूर्ण इन्टर्नहरुको पुर्ण सहमति बमोजिम मिति २०७७ मङ्सिर १४ गते आइतबार देखि इन्टर्न मार्फत् हुने सम्पूर्ण सेवा सुविधाहरू हाम्रा मागहरु पूर्ण रुपमा कार्यान्वयन नहुदाँ सम्मका निम्ति स्थगित गरिएको यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहान्छौँ। यसरी कोरोनाको माहामारीका बिच आन्दोलनका कार्यक्रम गर्दा पर्न गएको असुविधाको जिम्मेवार प्रतिष्ठान स्वयं हुनेछ र हामी यसको निम्ति क्षमाप्राथी छौँ।

हाम्रा न्युनतम सहमतिका बुँदाहरू

१. जीवन निर्वाह भत्ता सम्बन्धि यस अघि नै २०७६/०२/१९ गते आन्दोलनरत वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कायर्रत इन्टर्न चिकित्सकहरू र तत्कालिन प्रतिष्ठानका पदाधिकारी ज्युहरू बिच सहमति भए बमोजिम त्यस उपरान्त जीवन निर्वाह भत्ता त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हुने वृद्धिलाई आधार मानी सोहि अनुपातमा प्रतिष्ठानमा पनि वृद्धि गर्ने सहमति भएको थियो। हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा समेत नेपाल सरकारको ८ औँ तहको ५०% को व्यवस्था भएका कारण अब उपरान्त वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि जीवन निर्वाह भत्ता नेपाल सरकारको ८ औँ तहको ५०% बमोजिम कार्यान्वयन हुनुपर्ने।२. पहिलेकै सहमति बमोजिम जीवन निर्वाह भत्तामा ३% महङ्गी भत्ताको व्यवस्था भए बमोजिम नै कार्यान्वयन हुनुपर्ने।३. इन्टर्न चिकित्सकहरूलाई नाइट डिउटीको निम्ति खाजाको व्यवस्था सम्बन्धि सहमति भए पनि कार्यान्वयन नभएका कारण अब उपरान्त नाइट डिउटि हुदा खाजाका निम्ति जीवन निर्वाह भत्तामै थप रु १००० प्रदान गर्नुपर्ने।४. कोभिड १९ माहामारीको समयमा अहोरात्र प्रतिष्ठानले खटाए बमोजिम नै काम गर्दा हाल सम्म २५% भन्दा बढि इन्टर्न चिकित्सकहरू कोरोना संक्रमित भइसकेको जानकारी गराउन चाहान्छौँ। यसको मुख्य कारण इन्टर्न चिकित्सकहरूलाई अग्रपंतिमा बसेर काम गर्नुपर्ने जिम्मेवारी भएको र सो को बोध हामीले गरेका पनि छौँ। इन्टर्न चिकित्सकहरूमा अझ पुन संक्रमण देखिन थालेको कुरा झन चिन्ताजन छ र यसको मुख्य कारण प्रतिष्ठानले न्यूनतम सुरक्षा कवचको व्यवस्था गर्न नसक्नु नै रहेको हामीले ठहर गरेका छौँ। यसका निम्ति अब उपरान्त जीवन निर्वाह भत्तामै समाबेस गर्ने गरी माक्स, स्यानिटाइजर, फेस सिल्ड लगायत सामाग्रीहरुको निम्ति न्यूनतम थप १००० रुपैया व्यवस्था गरिनुपर्ने।५. हाल सम्म कोभिड १९ संक्रमण भएपश्चात आइसोलेसनमा बसेको समयको हाजिरी प्रदान गर्न प्रतिष्ठानले उपयुक्त व्यवस्था गरि इन्टर्नसीप तोकिएकै समयमा सकिने कुराको सुनिश्चितता गर्नुपर्ने। ६. वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सबै भन्दा फरक र इन्टर्न चिकित्सकहरूका निम्ति सबै भन्दा महत्त्वपूर्ण सिकाइको अनुभव हासिल हुने पेरिफेरी पोष्टिङ यस वर्षको शैक्षिक कार्यक्रममा समावेस नहुनु दु:खद छ तर अब भने बाकि रहेको ६ महिना भित्र कम्तिमा एक ठाँउमा ४५ दिनको पेरिफेरी पोष्टिङ हुने गरि व्यवस्था गर्नुपर्ने।७. माथी उल्लेखित बुदाँहरू अनुरुप इन्टर्नहरूले २ महिनाको काम पुरा गरिसकेका कारण विगत दुई महिनाको बढ्नुपर्ने तलब यहि महिना भित्र उपलब्ध गराउने।
८. पछिल्लो समय विद्यार्थीहरूका मागहरू सम्बोधनमा प्रतिष्ठानमा ढिलोसुस्ती भएका कारण प्रतिष्ठानले नै तय गरे बमोजिम विद्यार्थीहरूको प्रतिनिधि संस्था “विद्यार्थी कल्याण समाज” को कार्यकाल सकिएको पनि २ वर्ष भैसकेको हुनाले अब भने विद्यार्थी कल्याण समाजको नयाँ कार्यकालको निम्ति यथासिघ्र व्यवस्था गर्ने।९. प्रतिष्ठानले खटाए बमोजिम काम गर्दै गर्दा कोभिड १९ को लक्षण देखिएका इन्टर्नहरूलाई पीसीआर परिक्षण निशुल्क गरिनुपर्ने र आइसोलेसनमा भएका इन्टर्नहरूले अन्य साथीहरू डिउटिमा भएको समयमा खान समेत नपाएका कारण अब उपरान्त आइसोलेसन अवधि भर खानाको व्यवस्था कोभिड अस्पतालमा भए बमोजिमनै प्रतिष्ठानले व्यहोर्नुपर्ने।१०. प्रतिष्ठानले सम्पुर्ण विद्यार्थीहरूलाई बोलाउने तयारी गरिरहेको हुनाले होस्टलमा संक्रमीत विद्यार्थीहरूले एउटै शौचालय र बाथरुमको उपयोग गर्दा विद्यार्थीहरूमा संक्रमणको जोखिम झनै बढ्ने हुदा अब भने विधार्थीहरूलाई आइसोलेसनका निम्ति एउटा छुट्टै स्थान व्यवस्था गर्ने।

११. ईन्टनसीप सुरु भएको २ महिना भैसक्दा समेत २ जना विद्यार्थीको ईन्टनसीप अझै सुरु नभएका कारण उपयुक्त व्यवस्था गरि यथासिग्र इन्टर्नसीप सुरु गर्न पहल गर्ने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]