१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरी – सुदूरपश्चिम प्रदेशको पहिलो चौमासिकमा १५८ वटा महिला तथा बालबालिका सम्बन्धी घटना दर्ता भएका छन्। जसमध्ये १०७ वटा बलात्कारका मुद्दा रहेका छन्।

२०७७ साउनयता सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जबर्जस्ती करणीका ९८ वटा, जवरजस्ती करणी पश्चात कर्तव्य ज्यान एउटा, अपहरण तथा जबरजस्ती करणी ६ वटा, हाडनाता करणी २ वटा गरी १०७ वटा बलात्कारका घटना दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता मुकेश कुमार सिंहले जानकारी दिए।उनकाअनुसार कैलालीमा ४९ कञ्चनपुरमा १७, बैतडीमा ९, डोटीमा ८, बझाङमा ६, डडेल्धुरामा४, बाजुरामा २, दार्चुलामा १ र अछाममा २ वटा गरी ९८ जबर्जस्ती करणीका जाहेरी दर्ता भएका छन्।यस अवधिमा जवर्जस्ती करणी उद्योगमा ३८ वटा घटना दर्ता भएका छन्। कैलालीमा १५, कञ्चनपुरमा ९, बझाङमा ५, अछाममा ३ डडेल्धुरामा ३, बैतडीमा २ र बाजुरामा एउटा जवर्जस्ती करणी उद्योगका घटना भएका छन्। यस्तै कैलालीमा ३, कञ्चनपुरमा २ र डडेल्धुरामा एक गरी अपहरणपश्चात जबरजस्ती करणी भएका ६ वटा जाहेरी परेका छन्।

प्रदेश प्रहरी कार्यालयकाअनुसार बझाङमा १ महिलालाई जबर्जस्ती करणी गरी हत्या गरिएको छ। यस्तै मानव बेचबिखन तथा जबर्जस्ती करणीका एक, अप्राकृतिक मैथुनका तीन, बाल यौन दुव्र्यवहारका ५ र हाडनाता करणीका २ वटा जाहेरी दर्ता भएका प्रदेश प्रहरी कार्यालयसँग तथ्यांक छ।म्हिलाहरूप्रति समाज असहिष्ण भएका कारण बलात्कार र यौन दुव्र्यवहारका घटनाहरू बढ्दै गएको प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुमार सिंहले बताए।उनकाअनुसार गत आर्थिक वर्ष २०७४÷०७५ को एक वर्ष अवधिमा जबर्जस्ती करणीका १३ सय ६१, जबर्जस्ती उद्योग ७२७, अप्राकृतिक मैथुन २४, बोक्सी आरोप ४८, अपहरण तथा जबर्जस्ती करणी २३, मानब बेचविखन तथा जबर्जस्ती करणी १० वटा मुद्दा दर्ता भएका थिए। यस्तै २०७५÷०७६मा जबर्जस्ती करणीका २२ सय ३०, जबर्जस्ती उद्योगका ७६८, अप्राकृतिक मैथुनका २४, बोक्सी आरोपका ४६, अपहरण तथा जबर्जस्ती करणीका ४७, मानब बेचविखन तथा जबर्जस्ती करणीका १५ वटा मुद्दा दर्ता भएका थिए। २०७६÷०७७ मा जबरजस्ती करणी २१ सय४४, जबर्जस्ती उद्योग ६८७, अप्राकृतिक मैथुन २७, बोक्सी आरोप ३४, अपहरण तथा जबरजस्ती करणी ३५, बाल यौन दुव्र्यवहार २३२ वटा मुद्दा दर्ता भएका छन्।

दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्री घिमिरेले पहिलेको तुलनामा धेरै घटनाहरू बाहिर आएको बताइन्। “हिंसा बढेको भन्दा पनि तथ्यांक बढेको हो। अहिलेका महिला न्याय र अन्याय छुट्याउन सक्ने भएका छन्, जुन कारण धेरै घटनाहरू न्यायीक निकायसम्म पुग्ने भएकोले हिंसाका घटना बढेको देखिन्छ”, उनले भनिन्।बन्दाबन्दीको बेला कानूनी निकाय पनि बन्द भएका कारण धेरै महिलाहरू आफ्नै परिवारबाट पनि बलात्कार भइरहेको घटनाबाहिर आएको उनले बताइन्। उनकाअनुसार  पछिल्लो अवस्थामा पनि बलात्कारका घटनाहरू धम्की डर त्रास तथा प्रलोभन देखाएर मिलापत्र गर्ने क्रम नरोकिएकाले अपराधीक मानसिकता भएकाहरूको मनोबल बढेको छ।“घटना हुन्छ, समाजका मान्छेहरू बसेर मिलापत्र गर्न खोज्छन्। त्यसपछि अपराधीहरू झन बढी सक्रिय हुन्छन्”, उनले भनिन्।

अपराधी जो कोही भए पनि अपराधी नै हो भन्ने बुझाई समाजमा हुनुपर्ने र अपराधका घटनाहरू कानूनको दायरामा ल्याउन सबैको एक्यबद्धता हुन जरुरी रहेको घिमिरेको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]