१० पौष २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०८, २०७८

सपतरी – विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूको अनुगमन छ वर्षदेखि रोकिएको छ । एक पटक अनुगमन गरेर पाँच वर्षका लागि सञ्चालन अनुमति दिएपछि मन्त्रालयले ती संस्थाहरूको प्रभावकारी अनुगमन गर्नसकेको छैन ।

नियमअनुसार सञ्चालन अनुमति नसकिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुगमन गरेर आगामी वर्षका लागि पढाइ सञ्चालन अनुमति दिने कि नदिने भन्ने निर्णय गर्नुपर्ने थियो तर यस्ता ८५ वटा शिक्षण संस्थाको पाँच वर्षे सञ्चालन अनुमति गत माघमै सकिएको भए पनि नवीकरणका लागि प्रक्रिया अघि बढेको छैन ।

समयमै अनुगमन नहुँदा यी संस्थाहरूको शैक्षिक, भौतिक, प्रशासनिक, आर्थिकलगायतको अवस्था कस्तो छ भन्ने जानकारी मन्त्रालयले राख्न सकेको छैन । मन्त्रालयबाट अनुगमन नभएपछि यी शिक्षण संस्थाले नवीकरण नगरी पढाइ सञ्चालन गरिरहेका छन् । सञ्चालन अवधि सकिएपछि उनीहरूले नवीकरणका लागि गत वर्ष नै मन्त्रालयमा निवेदन दिएका थिए तर मन्त्रालयले अहिलेसम्म अनुगमन नगरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]