काठमाडौं । नेपाली हलमा बलिउड चलचित्र ‘अतरंगी रे’ आउँदो शनिबारदेखि प्रदर्शन हुने भएको छ । क्रिसमसको मौका छोपेर डिसेम्बर २४ तारिखबाट चलचित्र प्रदर्शन हुन लागेको हो ।
भारतमा भने यो चलचित्र ‘डिज्नी प्लस हटस्टार’ मा रिलिज हुँदै छ ।
म्युजिकल रोमान्टिक ड्रामा जनराको चलचित्रमा साउथ सुपरस्टार धनुष, बलिउड सुपरस्टार अक्षय कुमार, अभिनेत्री सारा अली खानलगायत छन् ।
आनन्द एल राईको निर्देशन रहेको चलचित्र हिन्दी र तमिल गरी दुई भाषामा प्रदर्शन हुँदै छ । तमिल डब चलचित्रको नाम ‘गलाता कल्यानम’ राखिएको छ ।