काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७८ को छैटौं चरणका खेल शुक्रबार सुरु हुँदैछन् । पहिलो दिन दशरथ रंगशालामा दुई खेल हुनेछन् ।
पहिलो खेलमा एपीएफ र एनआरटी भिड्ने छन् । एपीएफ ५ खेलबाट ४ अंक जोडेर ११ औं स्थानमा छ । एनआरटी भने ५ खेलबाट ६ अंकमा सातौं स्थानमा छ ।
दोस्रो खेलमा पुलिस र फ्रेन्ड्स खेल्नेछन् । पुलिसको ५ खेलबाट ५ अंक छ र ११ औं स्थानमा छ । फ्रेन्ड्स भने ५ खेलबाट २ अंकमै सीमित रहेर अन्तिम स्थानमा छ । फ्रेन्ड्समाथि रेलिगेसनको डर बढ्दै छ ।