०८ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, पौष १०, २०७८

काठमाडौँ – गभर्नर नियुक्त भएको करिब २ वर्षपछि महाप्रसाद अधिकारीको हस्ताक्षर ५०० रुपैयाँको नोटमा पनि देखिने भएको छ । २४ चैतमा २०७६ मा गभर्नरमा नियुक्त भएका अधिकारीको हस्ताक्षर भएको ५०० रुपैयाँको नयाँ नोट शुक्रबारबाट बजारमा ल्याइएको हो ।

बिहीबारसम्म चलनचल्तीमा रहेका नोट पूर्वगभर्नर डा. चिरञ्जिवी नेपालको हस्ताक्षर रहेको थियो । राष्ट्र बैंकले नोट छपाईको तालिका नै बनाएर काम गर्ने गर्छ । एकपटक छापिएको नोट २ देखि ५ वर्षमा बजारमा चलनचल्ति रहने गर्छन् ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार शुक्रबारबाट ५०० रुपैायाँको नयाँ नोट प्रचलनमा ल्याएको जानकारी गराएको छ । साविककै आकार तथा रङ्‍मा संकेत नं. छ/ ३८ ०००००१ देखि झ ४२ ९९९९९९ सम्मका नोट छापिएको हो ।

“नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइने छ।” भन्ने प्रतिज्ञामूलक वाक्यांश सहित नोटमा ११ विशेषता रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]