सप्तरी – सन्नु कुमार लगायत सप्तरीका कलाकारहरु लाई तेस्रो दर्जाको कलाकार भनिए पछी अहिल्य सप्तरी लगायत प्रदेश १ र प्रदेश २मा समेत समाजिक संजाल मार्फत बिरोध भईरहेको छ ।
हरेक युवाको मनमा बस्न सफल गायक हुन् सन्नु कुमार तर केहि दिन देखि बिबादित बन्दै आइरहेको अवार्ड कार्यक्रमले सप्तरीका कलाकारहरु लाई नया नाम (त्यस्रो दर्जा ) दिदा कलाकारहरु बिरोध जनाउदै आइरहेका छन । भरत साह फिल्म्स ले आयोजना गरेको अवार्ड कार्यक्रम गैर कानुनी भएको भन्दै बिरोधमा उत्रेका थिए ।
सन्नु कुमार आफ्ना होम स्टुडियो पनि संचालनमा ल्याएका छन जसको नाम किंग स्टुडियो रहेको छ । के छ खबर सम्वादाता ले यस बिषयमा सन्नु कुमार संग बुझ्न खोज्दा सन्नु कुमारले शम्भुनाथ मिडिया हाउस बाट संचालित रहेको किंग्स स्टुडियो केहि दिन यता मात्रै आफ्नो होम वर्कका लागि ल्याएको तर पनि विभिन्न ब्यक्ति जो सन्नु कुमारको नाम बद्नाम गर्ने नियतले आरोप लगाउछ भंनेरै दर्ता गराएर संचालनमा ल्याएको जानकारी गराए । सन्नु कुमार को नाम बदनाम गर्न लाई बर्षौनि नया नया नाटक सुरु हुन्छ तर तथ्यहीन प्रमाणकै कारण केहि गर्न सक्दैन सन्नु कुमार ले भन्ने ।
आफुले गएका गीत खराब न भएर अहिल्यको युवा पुस्ताले चाहेजस्तो मात्र छ । हुन त संगीतको कुनै भाषा नै हुदै न ,संगीत भन्नेको आत्माले महसुस गर्ने कुरा हो । आफुले खराब अस्लिल गाएको भए स्रोताले सायद यसरि माया दिने थिएन कुमार ले जानकारी गराए ।