११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र ०८, २०७७

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। गत २४ घण्टामा मात्र ७ सय ४३ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

५२ जिल्लाका २ सय ४६ महिला र ४ सय ९७ पुरुष जना गरी ७ सय ४३ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रदेश १ को ९ वटा जिल्लाका ७२ जनामा कोरोना पुष्टि भएको छ। इलाम र उदयपुरका १÷१, ओखलढुंगाका ३, खोटाङका ४, झापाका ५, धनुकटाका २, मोरङका ३१, रसुवाका २ र सुनसरीका ३१ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश २ को ७ वटा जिल्लामा १ सय ७१ जनामा कोरोना भेटिएको छ। धनुषामा ५, पर्सामा ३४, बारामा ९४, सप्तरीमा १५, सर्लाहीमा ८ र सिरहामा १० जनामा कोरोना भेटिएको छ।

२४ घण्टामा बागमतीमा प्रदेशमा २ सय ८९ जना संक्रमित भेटिएका छन्। १० वटा जिल्लामा गरी २ सय ८९ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा १ सय ७७, काभ्रेमा ५, चितवनमा ३२, दोलखामा १, धादिङमा २, भक्तपुरमा १४, मकवानपुरमा १८, रामेछापमा २, ललितपुरमा ३३ र सिन्धुपाल्चोकमा ५ जना संक्रमित भेटिएका छन्।

यस्तै, गण्डकी प्रदेशमा ५ वटा जिल्लामा १५ जना संक्रमित फेला परेका छन्। कास्कीमा २, गोरखामा १, तनहुँमा ३, नवलपरासी पूर्वमा ५, म्याग्दीमा १, बागलुङमा २, स्याङजामा १ जना संक्रमित फेला परेका हुन्।

प्रदेश ५ को ९ वटा जिल्लाका ३८ जनामा कोरोना पुष्टि भएको छ। अर्घाखाँचीका १, कपिलवस्तुका ९, नवलपरासीका ५, पाल्पाका २, बर्दियाका १, बाँकेका ८, रुपन्देहीका ६ र रोल्पाका २ जनामा कोरोना पुष्टि भएको हो।

गत २४ घण्टामा कर्णाली प्रदेशको ४ वटा जिल्लामा ५२ जनामा कोरोना पाइएको छ। कालीकोटमा ३, जाजरकोटमा १९, रुकुम पश्चिमका १८ र सुर्खेतमा ११ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिमको ६ वटा जिल्लामा कोरोना भेटिएको छ। कञ्चनपुरमा १९, कैलालीमा ७९, डडेल्धुरामा ४, दार्चुलामा १, बाजुरामा १ र बैतडीमा ३ गरी १ सय ७ जनामा कोरोना भेटिएको हो।

कुल संक्रमितमध्ये १३ हजार ७ सय १५ जना सक्रिय संक्रमित छन्। जसमध्ये ९ हजार १ सय ५४ जना संस्थागत होम आइसोलेसनमा छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार २ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या ६ लाख १० हजार ४ सय ६९ पुगेको छ। क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या ११ हजार २ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]