सप्तरी – नेपाली काँग्रेसले भ्रष्टाचारीको अनुहार नहेर्ने प्रधानमन्त्रीको वचन विपरीत मुलुकमा भ्रष्टाचार व्याप्त भएको र कतिपय सन्दर्भमा स्वयम् सरकारले नै संरक्षण गरेको भन्ने आफ्ना भनाईलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदनले समेत पुष्टि गरेको बताएको छ ।
उसले ट्रान्सपरेन्सीको पछिल्लो प्रतिवेदन अध्ययन गर्न समेत प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा स्वयम् नेकपाभित्रै सरकार संलग्न भएको भ्रष्टाचारका शीर्षकसहितका बुँदाहरू लिखित रूपमा प्रस्तुत भइसकेकाले भ्रष्टाचार बिरुद्ध सत्तारुढ दलको संस्थागत धारणा सार्वजनिक गर्न माग गरेको छ ।