सप्तरी – प्रदेश २ का समाजिक विकास मन्त्रि नवल किशोर साह(रामबाबु) द्वारा मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहिद पत्निलाई सरकारी सेवाका लागि नियूति–पत्र एवं अजय समृति कप क्रिक्रेट टुर्नामेन्टका विजेतालाई नगद पुरस्कार प्रदान गर्नु भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.४ मधवापुरमा भईरहेको क्रिक्रेट टुर्नामेन्टको समापन समारोह विच प्रमुख अतिथिले सो प्रदान गरिएको हो ।यसअघि मधेश जनविद्रोहमा शहादत प्राप्त गरेका हनुमाननगर कंकालिनी नगरपालिका वडा न. ३ बस्ने बालकृष्ण रायको पत्नि पुष्पादेवी अमातलाई वडा नं.१ भारदह स्थित भारदह अस्पतालमा सेवाका लागि नियूक्ति प्रदान गरिएको छ ।
मधवापुरको खेल मैदानमा तपेश्वर यूवा क्रिक्रेट टिम द्वारा आयोजित अजय कप ३, २०७७ कार्तिक २४ गते देखि प्रारम्भ भई सोमवार फाईनल चरणमा आयोजक टिम अर्थात टिवाईसिटि मधवापुर र वारियर्स विराटनगर टिम विच प्रतिस्प्रधा भएको थियो । सो मैचमा टस जितेर टिवाईसिटि मधवापुरले ब्याटिङ्ग गर्न सफल भई १७ ओभरमा १०८ रन बनाएर अलआउट भएका थिए ।
लन्च पश्चात विराटनगरका टिमले १४ ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएर मैचका सिरिज विजेता बन्न सफल भएका थिए ।