१० पौष २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २२, २०७८

सप्तरी – उत्तर कोरियाले ध्वनिको भन्दा पाँच गुणा तीव्र वेगको एउटा ‘हाइपरसोनिक’ क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको त्यहाँको एउटा सरकारी सञ्चारमाध्यमले जनाएको छ।

नयाँ वर्ष सुरु भए यता उत्तरले गरेको यो प्रमुख अस्त्र परीक्षण हो।

सरकारी समाचार संस्था केसीएनएका अनुसार उक्त क्षेप्यास्त्रले ७०० किलोमिटर परको निशानामा ‘ठ्याक्कै प्रहार’ गरेको थियो।

यो हाइपरसोनिक क्षेप्यास्त्रको दोस्रो परीक्षण हो।

हाइपरसोनिक क्षेप्यास्त्रलाई पहिचान गर्न बलिस्टिक क्षेप्यास्त्र भन्दा बढी समय लाग्न बताइन्छ।

प्योङयाङको सैन्य सामर्थ्य अभिवृद्धि गर्ने प्रतिबद्धता किम जङ उनले गरेपछि यो पछिल्लो परीक्षण भएको छ।

‘अचुक निशाना’
नयाँ वर्षको सम्बोधनमा किमले कोरियाली प्रायद्वीपको अस्थिर सैनिक वातावरणका कारण प्योङयाङले आफ्नो प्रतिरक्षा क्षमता अभिवृद्धिलाई निरन्तरता दिने बताएका थिए।

दक्षिण कोरिया र अमेरिकासँग वार्ता स्थगन भइरहँदा उत्तर कोरियाले अघिल्लो वर्ष कैयौँ प्रकारका क्षेप्यास्त्रहरू परीक्षण गरेको थियो।

हाइपरसोनिक क्षेप्यास्त्रहरू विकास गर्ने प्रयास गरिरहेका अमेरिका र चीन सहित थोरै देशहरूमा उत्तर कोरिया पनि पर्छ।

पछिल्लो परीक्षणलाई सबैभन्दा पहिले जापानी तटरक्षक निकायले बुधवार बिहान पहिचान गरेको थियो।

उत्तर कोरियाले समुद्रमा प्रक्षेपण गरेको वस्तु ‘बलिस्टिक क्षेप्यास्त्र’
उत्तर कोरियासँग कस्ता र कति हतियार छन्
त्यसपछि सोलका रक्षा अधिकारीहरूले त्यसलाई पुष्टि गरेका थिए।

बुधवारको परीक्षणमा हाइपरसोनिक ग्लाइडिङ वारहेड, युद्धशीर्ष, रकेटको बुस्टरबाट अलग भएको थियो र १२० किलोमिटरसम्म यता उति घुमेर ७०० किलोमिटर पर रहेको निशानामा ठ्याक्कै प्रहार गरेको केसीएनएको विवरणमा उल्लेख छ।

उत्तर कोरिया
उक्त समाचारमा यो पछिल्लो परीक्षणले क्षेप्यास्त्रको उडान नियन्त्रण र हिउँद याममा पनि काम गर्ने क्षमतालाई पुष्टि गरेको उल्लेख गरिएको छ।

हाइपरसोनिक अस्त्रहरू साधरणतया बलिस्टिक क्षेप्यास्त्र भन्दा कम उचाइबाट आफ्नो निशानातर्फ उड्छन्।

यस्ता अस्त्र ध्वनि भन्दा पाँच गुणा बढी अर्थात् करिब ६२ सय किलोमिटर प्रतिघण्टा वेगमा उड्छन्।

अस्त्र कार्यक्रमलाई निरन्तरता
कारनीगी इन्डाओमेन्ट फर इन्टरन्याश्नल पिसका रक्षा विज्ञ अङ्कित पान्डाले रोयटर्स समाचार संस्थालाई हालै परीक्षण गरिएको क्षेप्यास्त्र गएको सेप्टेम्बरमा परीक्षण गरिएको हाइपरसोनिक क्षेप्यास्त्र जस्तै ठ्याक्कै नभएको बताए।

तर दुवैबीच साझा विशेषता भएको उनको भनाइ छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,
लडाकु विमान चढेर आकाशबाट उत्तर कोरियालाई हेर्दा

नयाँ क्षेप्यास्त्रलाई सबैभन्दा पहिले गएको अक्टोबरमा प्योङयाङमा गरिएको प्रतिरक्षा प्रदर्शनीमा सार्वजनिक गरिएको थियो।

उत्तर कोरियामा कोरोनाभाइरस महामारीका कारण लगाइएको नाकाबन्दीले खाद्य सङ्कट निम्त्याइरहँदा अहिलेको परीक्षण भएको हो।

उत्तर कोरियाद्वारा पनडुब्बीबाट प्रहार गरिने क्षेप्यास्त्र सार्वजनिक
परमाणु हतियार वृद्धि गर्ने किम जङ-अनको प्रण
वर्षको अन्त्य सम्बन्धी बैठकमा किमले आफ्नो देशले ‘जीवन र मृत्युको महान् सङ्घर्ष’ गरिरहेको उल्लेख गर्दै विकास अभिवृद्धि गर्ने र जनताको जीवनस्तर सुधार्ने नयाँ वर्षको लक्ष्य भएको बताएका थिए।

त्यसका बाबजुद उत्तर कोरियाले आफ्नो अस्त्र कार्यक्रमलाई सुस्त बनाउने कुनै सङ्केत दिएको छैन।

अमेरिकाले उत्तर कोरियालाई परमाणु अस्त्र त्याग्न भन्दै आएको छ।

प्योङ्याङ र राष्ट्रपति जो बाइडनबीचको सम्बन्ध हालसम्म तनावपूर्ण नै देखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]