१५ कार्तिक २०८१, बिहिबार
wait Please...

नबिन यादव

मंगलबार, भाद्र ०९, २०७७

सप्तरी ,
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि पछिल्लो समयदेखि सप्तरी युथ नेपाल अग्र दस्ताको रुपमा समाजमा अगाडि आएर सक्रिय भएको देखिन्छ ।बिश्व महामारीको रुपमा फेलिरहेको कोरोना भाइरस सप्तरी जिल्लामा पनि समुदाय स्तरमा तीब्र रुपले फेलिरहेको हुँदा सप्तरी युथ नेपालले गम्भीर पहलका लागि सक्रिय भएको छ।कोरोना महामारीको भयावह परिस्थितिलाई न्यून गर्न सप्तरी युथले विभिन्न पालिका स्तरमा वडाहरुलाई सेनिटाइज गर्ने काम गरिरहेको छ्न।पछिल्लो समय राजबिराज नगरको विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थासंग सहकार्य गरि किटनासक औषधि छर्किने काम गरिरहेको छ।सप्तरी यूथको प्राविधिक सहयोगका साथै समन्वय तथा संस्थाको आर्थिक सहयोगमा महामारीको यस समयमा आफ्नो वडाप्रति थोरै भएपनि सामाजिक उत्तरदायित्व निर्वाह गरेको समाजिक अभियन्ता तथा संघ संस्था हरुको भनाइ रहेको छ्न।

सप्तरी युथ नेपालले उक्त किटानसक छर्किने कार्य सप्तरी जिल्लाको विभिन्न पालिकाको वडाहरुमा गरेको बाकी अन्य पालिकाहरुमा पनि स्थानीय सरकार र गैरसरकारी संघ संस्थासंग सहकार्य गरि गर्ने योजना रहेको जानकारी सप्तरी युथ नेपालको कोषाध्यक्ष बिष्णु यादवले जानकारी गराउनु भएको छ।

राजबिराज स्थित साइ कृष्णा आइसोलेसनको बेथिति तथा त्रुटिलाई ध्यानमा राखी सप्तरी युथ नेपालको अध्यक्ष श्रवण देव,उपाध्यक्ष मोहन कुमार यादव,कोषाध्यक्ष बिष्णु यादवले संयुक्त रुपमा गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रंजित झा ज्युलाई मेडिकल सामग्रीहरु उपलब्ध गराउनु भएको छ ।आइसोलेसनमा रहेका बालक, तथा वृद्धलाई लक्षित गरी आठ प्रकारका सामग्री युथ नेपालका पदाधिकारीहरुले शुक्रवार गजेन्द्रनारायण सिह अस्पताललाई हस्तान्तरण गरेका हुन् । सामानहरुमा पिपिई सेट ५ थान, डेटोल साबुन १ सय ५० ओटा, मच्छर धुप ५० प्याकेट, गुडनाइट २५ प्याकेट, हर्लिक्स ७ डिब्बा, बेगन स्प्रे १० ओटा, रुम स्प्रे ५ पिस, बिस्कुट ८४ डिब्बा रहेको छ । संस्थाका पदाधिकारीहरुले व्यक्तिगत रुपमा सहयोग संकलन गरी उक्त सामानहरु उपलब्ध गराएको जनाईएको छ ।
बिश्व महामारीको रूपमा फेलिरहेको कोरोना भाइरसको संक्रमणको यश क्षणमा युद्धस्तरमा खटिरहेको सप्तरी युथ नेपालको यो कार्य निकै उपलब्धिमूलक बनिरहेको प्रतिक्रिया समाजका बुद्धिजीवी,श्रमजीवी,समाजिक कार्यकर्ताहरुबाट आइरहेको कुरा उक्त संस्थाको उपाध्यक्ष मोहनकुमार यादवले जानकारी गराउनु भएको छ।

बिश्व महामारीको बिरूध सप्तरी का युवाहरु साचिनै यश संस्थाको माध्यमले उदाहरणिय कार्य गरेको सर्ब बितितैछ यसले समाजमा सर सफाई, तथा दृष्टी बिहिन परिवारप्रति उदाहरणिय को लगातर COVID19 मा सेनिटाईजर, आईसोलेसन मा बाल बालिकाहरुको लाई हर्लिकस तथा अन्य उपलब्धिमूलक समाग्री समेत बिगत केही दिनदेखि लगातार सप्तरी युथ नेपाल द्बारा सहयोग गर्दै आइरह्को जानकारी संस्थाको सचिव आयुश क्ष्रेष्ठले जानकारी गराउनु भएको छ।
पहिलो युवा सम्मेलन साबिक 114 गाउँ बिकास समिति बाट 5 जना युवा भोलेन्टियर्स समेत्को उपस्थिति गराउन सफल संस्था केही गर्न कुनै पनि कार्य गर्न दृढ इच्छाशक्ति बोकेका हुनुपर्छ ठानेका छ्न।युवा आजको परिस्थितिमा उदाहरणीय एक पछी अर्को कार्य गर्दै आएको समाजमा जनसेवाको प्रतिक बनिरहेको छ्न। सप्तरी युथ नेपालको यस्तो उत्तरदायी कार्यले यो पनि जनाउँछ की कुनै पनि कार्य गर्न इक्षाशक्तिको सदुपयोग गर्न सक्नुपर्छ ।सप्तरी युथ नेपालले जिल्लामा बाल क्ल्ब सहयोगमा, दैबी प्रकोप ,लागु औषध नियन्त्रणन्कोन हेल्प डेस्क संचालन र COVID19 महामारी बिरूध सप्तरी जिल्लामा अग्रह पन्ती भैइ सप्तरी युथ नेपाल का युवाहरुले सक्रिय भैइ इमानदारीसाथ गर्दै आएको छ्न।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]