सप्तरी – कर्णाली प्रदेशको नवौँ अधिवेशन बुधबारदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो बैठक दिउँसो ३ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेका हुन् ।
यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको विश्वासको मत लिने प्रयोजनका लागि गत मंसिर १४ र १५ गते बैठक बसेको थियो ।