१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २८, २०७८

सप्तरी – नागरिकताविहीनले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै माइतीघर मण्डलामा धर्ना दिएका छन् ।​ नागरिकताविहीन नेपालीले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै बुधबार पनि माइतीघरमा धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा नागरिकताविहीन नेपालीका राष्ट्रिय अध्यक्ष इन्द्रजित साहले जन्मसिद्ध र एकल आमाका सन्तानलाई सरकारले नागरिकता नदिएको र संविधान बनेको ६ वर्षसम्म नागरिकता ऐन संशोधन नगरेकोप्रति आफ्नो आन्दोलन रहेको बताए ।

उनले संविधानमा एकल आमा र जन्मसिद्धका सन्तानलाई नागरिकता दिने भनिए पनि संशोधन नगरी आफ्नो अपहेलना गरिरहेको आरोप लगाए ।

‘हामी नागरिकता प्राप्तिका लागि आन्दोलन गरिरहेका छौँ । २०६३ सम्म जन्मसिद्धका आधारमा नेपाल सरकारले नागरिकता बाँड्यो । त्यसका सन्तानलाई कुन नागरिकता दिने कुरा २०७२ को संविधानले स्पष्ट गरेको छ । तर, संविधानमा लेखेर पनि नागरिकता ऐन संशोधन नभएको कारणले गर्दा जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता पाएका छैनन् । संविधान बनेको ६ वर्ष भइसक्यो हामी कहिलेसम्म यसरी बस्ने हो’ उनले भने ।

अध्यक्ष साहले सरकारले आफ्ना नागरिकलाई अनागरिक रूपमा राख्न नपाउने भन्दै सरकारको बारम्बार ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]