१५ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २८, २०७८

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सर्लाहीका दुई स्थानीय तहका विपन्न समुदायलाई जाडोको कपडा वितरण गरेको छ । अनेरास्ववियूको उपत्यका विशेष प्रदेश कमिटीको पहलमा निशुल्क जाडोका कपडा सहित लुगा लत्ता वितरण गरिएको हो ।

अनेरास्ववियूकी केन्द्रीय महासचिव आरति लामाको नेतृत्वको टोलीले सर्लाहीको चन्द्रनगर गाउँपालिका र हरिवन नगरपालिकाको वर्डा नम्बर ३ मा लुगा कपडा वितरण गरेको छ । चन्द्रनगरको मुसहर बस्तीका २ सय र हरिवनको दलितरचमार र दनुवार बस्तीका ३ सय विपन्न समुदायका मानिसलाई लुगा कपडा उपलब्ध गराइएको अनेरास्ववियूका सचीव तथा उपत्यका विशेष प्रदेशका संयोजक प्रदिप थापाले जानकारी दिए ।

थापाले दनुवार बस्तीका ५० जना वृद्ध वृदा, ५० जना नाबालक, द्वन्द्वपीडित र अनाथ बालबालिकालाई सर्लाही पार्टीसँगको समन्वयमा न्यानो लुगा वितरण गरिएको जानकारी दिए ।

एकीकृत समाजवादीकी नेतृ तथा २ नम्बर प्रदेश सभाकी सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित न्यानो लुगा वितरण कार्यक्रममा सर्लाही जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा अनेरास्ववियूकी महासचिव आरती लामाका साथै अनेरास्ववियू २ नम्बर प्रदेश कमिटी संयोजक राजकुमार विक, स्थायी कमिटी सदस्य सरिता खाती, अविचल पौडेल , सचिवालय सदस्य सबिन बोहरा र सर्लाही जिल्ला अध्यक्ष विनोद रेग्मीको उपस्थिति रहेको थियो ।

अनेरास्ववियूले तराईमा जाडोयाममा बढेको शीतलहर र चिसोका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण अभियान शुरु गरेको अनेरास्ववियू उपत्यका विशेष प्रदेशका संयोजक थापाको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]