सिरहा – नक्कली नोट सहित २८ वर्षीय राहुल कुमार यादव पक्राउ परेका छन ।
गोलबजार नगरपालिका ६ दोहटियाबाट ५ सय रुपैयाँ दरको २ थान नक्कली जस्तो देखिने नोट सहित भारत बेल्ही परवाली बस्ने २८ वर्षीय राहुल कुमार यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय सिरहाले थप अनुसन्धान भईरहेको जानकरी गराए ।