सप्तरी – कोरोना भाइरसको प्रकोप अहिले सारा विश्वमा नै व्याप्त छ ।
सबैभन्दा प्रभावित देश अमेरिकामा त पछिल्लो समय प्रत्येक दिन २ लाखको हाराहारीमा संक्रमितरु थपिरहेका छन् ।कोरोना भाइरसको संक्रमण तीव्र गतिले बढ्दै गएपछि नेशनल इन्स्टीट्यूट अफ एलर्जी एण्ड इन्फेक्शियस डिसीजका डाइरेक्टर डाक्टर एन्थोनी फाउचीले अमेरिकामा कोरोनाको दोश्रो लहरको चेतावनी दिएका छन् ।एनबीसी न्यूज च्यानलको एक प्रोग्राममा फाउचीले अचानक केहि बदलिने अवस्था नदेखिएको बताएकछन् ।
यसैबीच अमेरिकामा २ लाख ७३ हजार ७२ जनाको मृत्यु भएको छ भने १ करोड ३७ लाख ५० हजार ४०४ जनालाई संक्रमण भएको छ ।त्यस्तै ८१ लाख ७ हजार २०३ जना कोरोना संक्रमण मुक्त भएका भन् भने ५३ लाख ७० हजार १२९ जना उपचाररत छन् ।त्यस्तै २४ हजार ८२२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा १२ लाख ५४ हजार ७ जनालाई संक्रमण भएको छ भने २१ हजार ९७२ जनाको मृत्यु भएको छ । त्यस्तै क्यालिफोर्नियामा १२ लाख १७ हजार ७४१ जनालाई संक्रमण भएको छ भने १९ हजार १५२ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ९ लाख ९२ हजार ६६० जनालाई संक्रमण भएको छ भने १८ हजार ५०० जनाको मृत्यु भएको छ । अमेरिकामा आईतवार १ लाख ३८ हजार १८८ जना संक्रमित थपिएका छन् भने ८१९ जनाको मृत्यु भएको छ ।