१८ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर १५, २०७७

सप्तरी – सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो ।

यस वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ६२ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिरहाका निमित्त प्रमुख किसुनदेव यादवले जानकारी दिए । यस्तै सप्तरीमा ६३ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ८९ हजार मेट्रिक टन धान उत्पादन भएको निमित्त प्रमुख यादवले बताए । गत वर्ष प्रतिहेक्टर दुई दशमलव ४५ मेट्रिकका दरले धान उत्पादन भएको थियो । यस वर्ष मौसम अनुकूल भएको, रोगकिराको प्रकोप कम भएको र समयमै पर्याप्त वर्षा भएकाले धान उत्पादन बढेको उनको भनाइ छ ।

सिरहामा सोना मन्सुरी, कान्छी, राधा १२, सावित्री, रामधान, मन्सुली, हर्दिनाथ, तरहरा–१, सुगा–३ स्थानीय वास्मतीलगायतको धान व्यापकरूपमा लगाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]