सप्तरी – हिमाली जिल्लामा मनाङमा मंसिरको सुरुआतसँगै चिसो बढ्न थालेको छ । यो महिनाको अन्तिमदेखि हिमपात हुने भएकाले यसबाट जोगाउन पूर्वतयारी थालिएको छ ।
हिमपातले हुन सक्ने जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय, मनाङले पूर्वतयारी सुरु गरेको हो । यसबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकायहरू तयारी अवस्थामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए । प्रजिअ गिरीका अनुसार हिमपातबाट प्रभावित हुन सक्ने जिल्लाका चार गाउँपालिकाका सम्भावित स्थान पहिचान गरिएको छ । त्यहाँ आउन सक्ने समस्याको निराकरणका लागि थप कार्ययोजना बनाउन लागिएको उनको भनाइ छ ।
माथिल्लो मनाङ, टंकी मनाङ, खाङ्सार, हुम्डे, पिसाङ, नार, फू, ढिकुरपोखरी चामेदेखि तल्ला भागहरू तिमाङ, दानक्यु र बगरछापलगायत क्षेत्र हिमपातले जनजीवन प्रभावित हुने गरेको छ ।