०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र ०९, २०७७

९ भदौ, विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका २१ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार आइतबार स्वाब संकलन गरिएका २१ थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरु हत्या, बलात्कार, लागूऔषध, सवारी ज्यानलगायत मुद्धाका प्रतिवादी हुन् ।
उनीहरुलाई थुनुवाबाटै कोरोना सरेको आशंका गरिएको छ । ‘केही दिनअघि कारागार चलान भएका एकजना थुनुवामा संक्रमण देखिएको थियो’ एसपी थापाले ‘त्यहीबाट सरेको हुनसक्छ भन्ने अनुमान गरेका छन् ।’

थुनुवालाई संक्रमण पुष्टि भएलगतै प्रहरी कार्यालयमा सतर्कता अपनाइएको छ । थुनुवालाई नै कोरोना संक्रमण देखिएपछि मुद्दाको अनुसन्धान र कारवाही प्रक्रिया अन्योलमा परेको छ । म्याद थप र मुद्दा बुझाउने विषयमा अदालत र सरकारी वकिलसँग परामर्श गरिने थापाले बताए ।

मंगलबार प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३२ पुगेको छ भने १ हजार ३३२ संक्रमणमुक्त भएका छन्

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]