०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १०, २०७८

सप्तरी – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले बुधबार गौरमा दिएको अभिव्यक्तिको बिरोध र समर्थनमा सप्तरीमा प्रदर्शनको क्रम सुरु भएको छ ।

मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई सार्वजनिक सभाबाटै ज्यान मार्ने धम्की दिएको भन्दै राउत समर्थकले अघिल्लो दिन आइतबार राजविराजमा मन्त्री यादवको पुतला दहन गरेका थिए ।

लगत्तै सोमबार मन्त्री यादव समर्थित कार्यकर्ताहरुले पनि राजविराजमा प्रदर्शन गर्दै मन्त्री यादवमाथी डा. राउतले षडयन्त्र गरेको भन्दै उनी बिरुद्ध नाराबाजि गरेका छन् ।

सप्तरी मन्त्री यादव तथा जनमत पार्टीका अध्यक्ष डा. राउत दुबैको गृहजिल्ला हो । दुबैनेता आमनेसामने भएपछि दुबै पक्षका कार्यकर्ता आ–आफ्नो नेताको समर्थनमा सडकमा उत्रेका छन् ।

मन्त्री यादवको समर्थनमा प्रदेश महिला संघ र समाजवादी महिला संघ सप्तरीको अगुवाईमा स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको जुलुस डा. राउत बिरुद्ध नाराबाजी गर्दै बजार क्षेत्र परिक्रममा गरेको थियो ।

सो क्रममा सहभागिहरुले महिलामाथीको अभद्र व्यवहार बन्द गर, दोषिमाथी कारवाही गर लगायतका नाराबाजी गर्दै जुलुस जनआन्दोलन चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो ।

सभालाई प्रदेश सभा सदस्य अभिषेक यादव, जसपा महिला विभागकी सचिव लक्ष्मी चौधरी, समाजवादी महिला संघकी जिल्ला सचिव राखी यादव, हुनमाननगर कंकालिनी नगरपालिकाकी उपप्रमुख सरिता यादव, जसपा नेता लक्ष्मण यादव लगायतले सम्बोधन गर्दै किसान आन्दोलनका नाममा अराजक गतिविधी गर्न लागेको भन्दै त्यस्ता गतिविधी कडाईका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।

अघिल्लो दिन जनमत पार्टीका कार्यकर्ताहरुले मन्त्री यादवको पुतला दहन गदै उनको बर्खास्तीको माग गरेका थिए । गृह जिल्लाका दुबै नेताका समर्थक एक अर्काप्रति आक्रमक बन्दै गएपछि भिडन्त निम्त्याउने खतरा बढ्दै गएको भन्दै स्थानिय बुद्धिजिविहरुले दुबै पक्षले संयमता अपनाउनु पर्ने र राजनीति चरित्र देखाउनु पर्ने सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]