सप्तरी – गाँजा खेती, तस्करी तथा खुद्रा बिक्रीण् वितरण रोक्न सप्तरी प्रहरीले जतिसुकै दावी गर्नुका साथै गाउँ–गाउँमा गाँजाको बोट नष्ट पार्ने अभियाननै थाले पनि ग्रामीण भेगमा हुने फुटकर गाँजाको खेती तथा खुद्रा व्यापार नियन्त्रण सप्तरी प्रहरीका लागि चुनौती बन्दै गएको छ ।
तराई÷मधेशका अन्य सिमावर्ती जिल्लाहरु जस्तै सप्तरीको ग्रामीण भेगमा पनि लागु औषध गाँजाको खेती तथा बिक्री वितरण चुनौती बन्दै गएको हो । गाउँ घरमै सहज उपलब्धता हुन थालेपछि यसको प्रयोगकर्ता युवाहरुको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । झन् कलिला उमेरका बालबालिकाहरु प्नि यसको लतमा पर्न थालेपछि अविभावकहरु निकै चिन्तित देखिएका छन् ।
प्रहरीले गाँजा खेती नियन्त्रणका लागि काम नगरेको पनि हैन यद्यपी प्रहरीको जति सुकै दाविका बावजुद जिल्लाका ग्रामीण भेग सँगै सदरमुकाम राजविराजभित्रै गाँजाको फाटफुट खेती तथा बिक्री वितरण भने भईनै रहेको देखिन्छन् । चिन्तित अविभावक तथा नागरिक समाजका अगुवाहरु यसतर्फ प्रहरीको गम्भीर ध्यानाकर्षणको खाँचो रहेको बताउँछन् ।
सप्तरीमा तराईका अन्य जिल्लाहरु जस्तो ठूलो परिमाणमा गाँजा खेती नभईरहेको सप्तरी प्रहरीको दावी छ । यद्यपी प्रहरीले पछिल्लो केहि समय यता नष्ट गरेको गाँजाको बोट तथा ग्रामीण भेगमा गाँजा उत्पादन हुने अनौपचारीक आँकडाका भने प्रहरीको दावी उपर प्रश्न नै तेर्साएको स्थानीय नागरिक समाजका अगुवाहरुको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकलाई नै आधार मान्ने हो भन्ने सप्तरी प्रहरीले बर्षेनी कम्तीमा १५ देखि २० हजार गाँजाका बोटहरु गाउँ गाउँमा नष्ट गर्ने गरेका छन् । यद्यपी यति ठुलो परिमाणमा गाउँ गाउँ घर घर गई प्रहरीले गाँजाको बोट नष्ट गरेपनि ग्रामीण भेगदेखि सदरमुकाम सम्ममा गाँजा सर्वसुलभ उपलब्धता प्रहरीकै लागि चिन्ताको विषय बन्न पुगेको प्रहरी अधिकारीहरु नै औपचारीक अनौपचारीक रुपमा बताउँने गर्दछन् ।
गाउँ–गाउँमा गाँजा फडानीका लागि स्थानीय प्रहरी चौकिका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुखदेखि लिएर जिल्ला समेतको टोलीको सक्रियतामा बर्षेनी अभियाननै जिल्ला प्रहरीले चलाउँदै आएका छन् । यस कार्य सशस्त्र प्रहरी समेतले उल्लेख्य सहभागिता जनाउँदै आएका छन् ।
न्यून लागतमा अधिकत्तम मुनाफा हुने गरेका कारणले गाँजा खेतितर्फ सर्वसाधारण गाउँलेहरु बढि आकर्षित देखिएका छन् । खुला रुपमा अन्य बालिहरु झैं खेतमा नलाउने गरेको भए पनि आफु वसोवास गर्ने घर वरिपरि गाउँलेहरुले गाँजाको बोट लगाउने गरेका हुन् ।
‘राम्ररी हेरचार भयो भने गाँजाको एउटा बोटबाट न्यूनतम पाँच केजी सम्म गाँजा उत्पादन हुने गर्छ’, नाम नखोल्ने शर्तमा गाँजा खेती गर्ने एक ग्रामीणले भने, ‘एक केजी गाँजाको चारदेखि पाँचहजार सम्म पाईन्छ, लगानि पनि बढि गर्नु पर्दैन, अलि खतरा वहन गुर्नपर्ने हुन्छ ।’
जिल्लाको दक्षिणी, पूर्वी र पश्चिमी भेगमा गाँजाको उत्पादन बढि हुने गरेको छ । एउटा देखि ५० वटा सम्म गाँजको बोट आफ्नो घर वरिपरि लगाउने गरेको गाँजा खेती गर्ने किसानहरु स्विकार्छन् । प्रतिबोट वर्षैनी २५ देखि ३० हजारसम्म आम्दानी हुने गरेको उनीहरुको भनाई रहेको छ ।
जेठदेखि नै गाँजाको बोट लगाउने काम प्रारम्भ हुन्छ र मंसिर पुसमा त्यसलाई कटान गरीे फूल टिप्ने गरिन्छ । अचेल गाँजा प्रयोगकर्तामा भएको वृद्धिले यसका पातहरु समेत बिक्री हुने गरेको नागरीक संञ्चाल सप्तरीका अध्यक्ष सुखराम यादवले बताउनु भयो । उहाँका अनुसार भारतीय बजारहरुबाट आउने व्यापारी तथा स्थानीय व्यापारीहरुले गाउँ–गाउँ पुगेर गाँजा संकलन गर्ने गर्दछन् ।
चारदेखि पाँचहजार रुपैयाँ प्रति किलोका दरले खरीद गरिएको गाँजा व्यापारीहरु त्यसलाई सिमावर्ति भारतीय शहरहरुमा १० देखि १५ हजार रुपैयाँ (भारु)मा बिक्री वितरण गर्ने बताउँछन् ।
यसवाहेक युवाहरुमा बढ्दै गएको गाँजा उत्पादनकराण गाउँघरमा उत्पादनहुने गरेको गाँजा गाउँमै प्याकेट बनाएर समेत बिक्री वितरण हुने गरेको सप्तरीकोे महादेवा –१ का वयोवृद्ध जयलाल यादवले बताउनु भयो । उहाँले , ‘गाउँमै गाँजा उत्पादन गर्नेहरु एक केजी गाँजाको २ सयदेखि ३ सयसम्म प्याकेट बनाउने गरेका छन् र ती प्याकेटहरु १०० रुपैया“ मा प्रयोगकर्ताहरुले स्वयं खरीद गर्ने गर्दछन् ।’ लागु पदार्थमा बढ्दै गएको कुलतका कारण गाँजा सेवन गर्ने युवाहरुको संख्या पनि बढ्दो छ । जिल्लामा गाँजाको बढ्दै गएको मागका कारण भारतबाट समेत सप्तरी भित्रिने गरेको बताईन्छ । भारतसँगको खुला नाकाका कारण अन्य सरसामान झै सहज तरीकाले गाँजा पनि सप्तरी भित्रिने गरेको हो । सप्तरीको पश्चिमी नाकाहरुबाट बढि गाँजा भित्रिने गरेको छ ।
यस्तै राजविराज नगरपालिकाको हटिया तथा कतिपय विद्यालयका आसपास र ग्रामिणा भेकमा समेत खुलेयाम गाँजा बिक्री वितरण हुने गरेपनि प्रहरी प्रशासनको त्यतातर्फ खासै ध्यान पु¥याउन नसकेको अभिभावकहरुको गुनासो छ ।