सप्तरी – अमेरिकाले सन् २०२२ मा पनि विश्वव्यापी चिप अभावको समस्या रहिरहने बारे सर्तक गराएको छ । ब्लुमवर्ग र द वाशिङटन पोष्टको रिपोर्ट अनुसार सेमिकण्डक्टर सप्लाई चेनले रिपोर्ट प्रकाशन गरेको छ, जसमा विश्वव्यापी चिप अभाव सन् २०२२ को दोस्रो भागसम्म रहिरहने बताइएको छ ।
चिप अभावले सन् २०२२ मा पनि धेरै कम्पनीहरुलाई असर पार्ने देखिएको छ । चिप अभावले विशेषगरी ब्रोडब्याण्ड कम्पनी, कार निर्माण कम्पनी र चिकित्सा उपकरण निर्माता कम्पनीलाई एकदमै असर पारेको छ ।
सन् २०२२ मा पनि विश्वव्यापी चिप अभाव रहने अमेरिकाको चेतावनी सन् २०२२ मा पनि विश्वव्यापी चिप अभाव रहने अमेरिकाको चेतावनी ।