रुपनि गाउपालिका वडा न.१ मा माैरीकाे टाेकाइबाट एक महिलाकाे मृत्यु भएको छ ।
घर नजिकैको खेतबारिमा गएकाे बेला अचानक माैैैरीले टाेक्दा स्थानिय राजेश कुमार यादवकि २४ बर्षिया श्रीमती रमिला देवि यादवकाे मृत्यु भएको प्रहरीले जनाएको छ । माैरीकाे टाेकाइबाट सख्त घाइते रमिलाकाे तत्कालै युनिक अस्पताल रायपुरमा उपचारकाे लागि भर्ना गरिएको तथा उपचारको क्रममा उनकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
रमिलाकि दुई दुधे बालक रहेकाे तथा घटनाकाे थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।