०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १७, २०७७

सप्तरी – कप्तान लियोनेल मेस्सीको गोल सेलिब्रेसनका कारण क्याटलान क्लब बार्सिलोनाले जरिवाना तिर्नुपर्ने भएको छ ।

स्पेनिस ला लिगामा लियोनेल मेस्सीले ओसासुनाविरुद्ध गोल गरेपछि आफ्नो गोल अर्जेन्टिनी महान् खेलाडी डिएगो म्यारोडोनालाई समर्पण गर्दा २ हजार ७ सय मिलियन पाउन्ड जरिवाना तिर्नुपर्ने भएको हो ।मेस्सीले ओसासुनाविरुद्ध पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गरेपछि डिएगो म्यारोडोनाले न्युवेल्स ओल्ड ब्बाएको जर्सी पहिरिदै म्यारोडोनाको गोलशैली सेलेब्रेसन गर्दै आफ्नो गोल समर्पण गरेका थिए ।यस्तै मेस्सीले दुवै हातमा किस गर्दै दुवै हात आकाशतिर फर्काउदै माथि हेरेका थिए । खेलमा मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भएको थियो ।तर, मेस्सीको यो मन छुने गोल सेलेब्रेसन बार्सिलोनाको लागि महँगो परेको छ । स्पेनिस फुटबल फेडेरेसनले मेस्सीको यो शैलीलाई गलत भनेका छन् । ‘खेलाडीलाई गोल समर्पण गर्न पाइन्छ, तर खेल दौरान नै अन्य टोलीको जर्सी लगाउन नपाउने नियम स्पेनमा रहेको छ । मेस्सीले खेलको शुरुवात देखि नै म्यारोडोनाले अन्तिम समय न्युवेल्सबाट खेल्दा लगाएको जर्सी लगाएका थिए ।

आफ्नो गोल सेलेब्रेसनमा मेस्सीले बार्सिलोनाको जर्सी खोलेर म्यारोडोनाले न्युवेल्सबाट खेल्दा १० नम्वर अंकित जर्सी देखाउँदै उनकै शैलीमा गोलको खुशियाली मनाएका थिए । खेलपछि मेस्सीले सामाजिक सन्जालमा आफ्नो र म्यारोडोनाको पुरानो फोटो राख्दै ‘फेरवेल, डिएगो’ लेखेका छन् । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले पनि मेस्सीको यो शैलीलाई ग्रेट मोमेन्ट भनेका छन् ।मेस्सी क्याटलान क्लब बार्सिलोना आउनुअघि न्युवेल्सबाट युथ करियर सुरुवात गरेका थिए । म्यारोडोनाले भने न्युवेल्सबाट अन्तिम ५ खेल खेल्दै खेल करियरबाट सन्यास लिएका थिए ।

म्यारोडोनाको गत बुधबार ६० वर्षको उमेरमा हृदयघातका कारण ब्युनर्स आयर्समा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]