सप्तरी – बलिवुड अभिनेता एवं भारतीय लोकसभा सांसद सनी देओललाई कोरोना संक्रमण भएको छ ।
सनी देओलले आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिदै आफु अहिले होम आइसोलेसनमा रहेको बताएका छन् । देओलले आफ्नो स्वास्थ्य ठिक रहेको जानकारी दिदै पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न आग्रह समेत गरेका छन् ।सनी देओल करिब एक महिनादेखि हिमाचल प्रदेशको मनालीमा बसेका थिए । केहि दिनअघि मुम्बईमा आआफ्नो काधको सर्जरी गरेर फेरी मनाली फर्किएका थिए ।
सांसद समेत रहेका देओल कोरोना महामारीका बेला आफ्नो क्षेत्रमा राहत र सहयोगमा व्यस्त समेत रहेका थिए । उनी पंजावको गुरदासपुर क्षेत्रबाट बिजेपीका सांसद हुन् ।