सप्तरी – दिल्लीको शाहीन बागको प्रदर्शनमा सामेल भएकी ९० वर्षीया बिलकिस बानोलाई लिएर अभिनेत्री कंगना रनौतलेले गरेको कमेन्टले बलिउड तातेको छ ।
उनलाई ७ दिनभित्र आफ्नो कमेन्टबारे वृद्धासँग माफी माग्न लीगल नोटिस आएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।यदि यसो नगरेमा केस दर्ता गर्ने बताइएको छ । यो नोटिस पञ्जाव एण्ड हरियाणा हाईकोर्ट चण्डीगढका सीनियर लयर र सोसल एक्टिविस्ट हाकम सिंहले पठाएका हुन् ।
उनीहरुले कमेन्टका कारण वृद्धाको मात्र नभएर अन्य महिलाको पनि अपमान भएको बताएका छन् ।