एजेन्सी – शेयर बजारमा भारी उतारचढाव हुँदा गौतम अडाणी भारतका सबैभन्दा धनी व्यक्ति बनेका छन् । धनाढ्य मुकेश अम्बानीलाई पछि पार्दै उनी एशियाकै धनाढ्य व्यक्तिको सूचीमा पहिलो स्थानमा पुगेका हुन् ।
। एशियाका सबैभन्दा धनी व्यक्ति अम्बानी दोश्रो स्थानमा ओर्लिएका छन् ।
जनवरी २८, शुक्रबार दिउँसो पाँच मिनेटकालागि अडाणी पहिलो स्थानमा उक्लिए । अडाणीको सम्पत्ति ९०.३ अर्ब डलर छ भने अम्बानीको सम्पत्ति ९० अर्ब डलर रह्यो । यी दुई धनाढ्य व्यक्तिहरुका बिच सामान्य मात्र भिन्नता थियो ।
। जनवरदेखि यी धनाढ्यहरुले ६३५ बिलियन डलरको सम्पत्ति गुमाएका छन् । शेयर बजारमा भारी उतारचढाव हुँदा उनीहरुले नोक्सानी बेहोर्नुपरेको हो ।