सप्तरी – नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले तत्काल संसदको विशेष अधिवेशन बोलाउन माग गरेका छन्।
जनताको समस्यालाई राख्ने र सरकारलाई जवाहदेही बनाउने मुख्य थलो संसद्लाई बन्द गरिराख्न नहुने भन्दै नेता महतले तत्काल विशेष अधिवेशन बोलाउन माग गरेका हुन्।नेपाल प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतले देशभित्र उठेका प्रश्नको जवाफ दिन सरकारले संसद्को विशेष अधिवेशन आवश्यक रहेको बताए।उनले कोरोना संक्रमणको रोकथाम तथा उपचारमा सरकारले खेलेको भूमिकाबारे कमजोर रहेको र यसबारे जनताले प्रश्न उठाइरहेको बताए।
उनले सरकारको असक्षमताका कारण जनता थप मारमा पर्दै आएको जनाउँदै अब बाध्य भएर पार्टीले सडक संघर्षमा उत्रिने तयारी गरेको पनि जानकारी दिए।