सप्तरी – भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ बाट लोपोन्मुख वन्यजन्तु सालकको खपटा सहित १ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय ईच्छा कुमार राईलाई १.५ केजी सालकको खपटा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।