काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएमका दुई मोटरसाइकलमा बम्पर छुट अफर उपलब्ध गराइएको छ ।
नेपालमा केटीएम मोटरसाइकल बिक्री प्रारम्भ भएको १० वर्ष पुगेको अवसरमा सो अफर ल्याएको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले जनाएको छ ।
केटीएम २०० ड्युकको नयाँ मूल्य ५ लाख ४४ हजार ९ सय र २५० ड्युकको नयाँ मूल्य ७ लाख ४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । यो भन्दा पहिले यी दुई मोटरसाइकलको मूल्य क्रमशः ५ लाख ८४ हजार ९ सय र ७ लाख २४ हजार ९ सय रुपैयाँ थियो ।