१५ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १७, २०७८

सप्तरी – अरुण काबेली पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफासँगै अन्य सूचकमा पनि आकर्षक चमक देखिएको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २० करोड २ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ९.६३ प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १८ करोड २६ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ४५ करोड ६१ लाख ६९ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ३८ करोड ८५ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर ४२ करोड १६ लाख रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३६ करोड रूपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार रुपैयाँ र जगेडा कोषमा २० करोड ६२ लाख ४१ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १११ रुपैयाँ १२ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २६.५८ गुणा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]