सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा दुई जनाको बीभत्स हत्या भएको छ। माथिल्लो चिम्लिङ स्कूलडाडाँमा ३८ वर्षका विजय तामाङले खुकुरी प्रहार गरेर दुई जनाको हत्या गरेका प्रहरी चौकी बलेफीले जानकारी दिएको छ।
जर्मनीमा रहेका नेपाली जोडीले टिकटकबाट इमोसनल ब्ल्याकमेल गरेर उठाए….
विद्यालय सञ्चालकलाई स्वास्थ्य प्रवक्ताको चेतावनी : बच्चाको ज्यान गए….
जब कमल थापाकी छोरी प्रतिष्ठा फोन गर्दै गणना स्थलबाट….
विजयले आफन्त नाता पर्ने ७० वर्षकी वसुमाया तामाङ र काठमाडौँबाट दिदी वसुमायाको घरमा गएका ५९ वर्षका सन्चवीर तामाङको हत्या गरेका प्रहरी नायव निरीक्षक तुलसीप्रसाद पोखरेलले जानकारी दिए।
‘हत्या गरेपछि पनि विजयले टाउकोमा ढुङ्गा हानेर लासलाई हेर्नै नसक्ने बनाएका रहेछन्,’पोखरेलले उकेरासँग भने,‘खुकुरी हानेर हत्या गरेपछि घिसारेर ढुङ्गै ढुङ्गाले हानेका रहेछन्।’ हत्या गरेर फरार भएका विजयलाई आइतबार राति ११ बजे जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए।
सबलाई पोस्टमार्टमका लागि बाह्रबिसेमा राखिएको र थप अनुसन्धान भइरहेको पोखरेलले बताए।