सप्तरी – राजस्व अनुसन्धान विभागले मेची भन्सारबाट जाँचपास भएका ६ वटा गाडी नियन्त्रणमा लिएको छ।
जाडोका कपडा बोकेका गाडीमा ल्याइएका सामान न्यून बिजकीकरण गरी नेपाल भित्र्याएको आशंकामा विभागले नियन्त्रणमा लिएको हो।मेचीबाट नेपाल भित्रिएका ती गाडी काठमाडौं आउँदै गरेको अवस्थामा बिच बाटोबाटै राजस्वले नियन्त्रणमा लिएको थियो। ‘गाडीमा ल्याइएका सामान न्यून बिजकीकरण गरी नेपाल भित्र्याएको आशंकमा नियन्त्रणमा लिएका थियौँ,’ राजस्व अनुसन्धान विभागका महानिर्देक दीर्घराज मैनालीले भने। विभागले अनुसन्धानपछि ८० लाख रूपैयाँ धरौटी लिएर गाडी छोडेको छ। ‘जाँसपासमा भन्दा पनि गाडीमा ल्याइएका सामानको मूल्यमा शंका लागेर नियन्त्रणमा लिइएको थियो,’ मैनालीले भने।
विभागले यसअघि पनि विभिन्न भन्सारबाट जाँचपास गरी काठमाडौं ल्याउँदै गरेक वस्तु तथा ट्रक नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।