सप्तरी – बलिउडमा लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको नारकोटिक कन्ट्रोल ब्यूरो ९एनसीबी०ले विशेष एनडीपीएस अदालतमा हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियलाई दिएको जमानत रद्द गर्न अनुरोध गरेको छ ।
तल्लो अदालतको आदेशलाई वेवास्ता गरि भारती दम्पत्तीलाई हिरासतमा राखेर सोधपुछ गर्न दिन एनसीबीले निवेदन पेश गरेको हो । एनसीबीको निवेदनपछि अदालतले भारती र हर्षलाई मंगलबार नोटिस जारी गर्यो । सम्भवतः अर्को हप्ता यस मुद्दाको सुनुवाइ अदालतमा हुने समाचारमा उल्लेख छ ।
एनसीबीले २१ नोभेम्बरमा भारती दम्पत्तीको घर र कार्यालयमा छापा मारेर ८६.५ ग्राम गाँजा फेला पारेको थियो । त्यसपछि सोधपुछमा उनीहरुहले गाँजा सेवन गर्ने गरेको स्विकारेपछि उनीहरुलाई न्यायिक हिरासतमा पठाएको थियो । तर त्यसको एकदिन पछि अर्थात २३ नोभेम्बरमा नै उनीहरुलाई जमानत दिइयो ।