सप्तरी – बैतडीको पञ्चेश्वर गाउँपालिका वडा- ५ स्थित बलारामा रहेको प्रहरी चौकीमै झडप भएको छ ।
स्थानीय युवाहरूको दुई समूहबीच प्रहरी चौकीमै झडप हुँदा पञ्चेश्वरका ३० वर्षीय लोकेन्द्र चन्द घाइते भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।घाइतेको बैतडीमा उपचार हुन नसकेपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको प्रहरीले बताएको छ । घाइते चन्दको टाउको घाँटी र ढाडमा चोट लागेको छ ।गणमेश्वर मन्दिरमा लागेको मेलामा महिलालाई जिस्क्याएको निहुँमा दुई समूहबीच झडप भएपछि छलफलका लागि प्रहरी चौकी बोलाएका बेला पुनः कुटाकुट भएको हो ।प्रहरी चौकीमा झडप गर्नेमध्ये सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बैतडीले छ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।‘मेला हुनुअघिको मंगलबार झडप गरेका दुई समूहलाई छलफलका लागि चौकीमा बोलाएका बेला झडप भएको हो । स्थिति नियन्त्रणमा आइसक्यो’, उनले भने ।झडपमा संलग्नलाई सोधपुछका लागि जिल्ला बोलाएको डीएसपी अधिकारीले बताए ।
‘घटनाको विषयमा अनुसन्धान भइरहेको छ । दोषीमाथि कारबाही गर्छौं’, अधिकारीले भने । झडपका क्रममा प्रहरी चौकीमा पनि सामान्य तोडफोड भएको छ ।