०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०४, २०७८

सप्तरी – अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीहरु सुरक्षा घेरा तोडेर संघीय संसदको मुख्य द्वार दक्षिणी गेटसम्म पुगेका छन्। निषेधित क्षेत्रमा पुगेका प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ।

प्रहरीले फोहरा प्रयोग गरी प्रदर्शनकारीहरुलाई तितरबितर पारेको हो। यस क्रममा प्रहरीले दर्जनौं प्रदर्शनकारीहरुलाई पक्राउसमेत गरेको छ। प्रहरीले ५० बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरूलाई महेन्द्र पुलिस क्लब र उपत्यकाको विभिन्न प्रहरी कार्यालयमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिए।

उनका अनुसार एमसीसीविरुद्ध प्रदर्शन गरिरहेकाहरुलाई काठमाडौँको नयाँ बानेश्वर, बिजुली बजार, माइतीघरलगायत क्षेत्रबाट पक्राउ गरिएको हो।

सरकारले एमसीसी सम्झौता आजै संसदमा टेबुल गर्न दबाब बढाएपछि सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा–विद्यार्थीहरुसमेत एमसीसीविरुद्ध सडकमा उत्रिएका थिए।

त्यस्तै नेकपा, नेकपा–क्रान्तिकारी माओवादीलगायत ६ दल तथा मोर्चा र राप्रपालगायतका पार्टीका नेता तथा कार्यकर्ताहरुले एमसीसीविरुद्ध नयाँ बानेश्वरका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्।

यसैबीच एमसीसी टेबुल नहुँदै एमालेको अवरोधबीच बुधबारको संसद बैठक सकिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]