१५ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०४, २०७८

काठमाडौं – रक्तचन्दनमा ७० लाख रुपैयाँ घुस लिएको अभियोगमा रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्र र उनका छोराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार मुद्दा चलाएको छ । मिश्र रक्तचन्दन ठेक्कामा घुस लिएपछि फरार थिए । आयोगले अनुसन्धान गरी बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको हो ।

तत्कालीन जिल्ला वन अधिकृत मिश्रले ‘रक्तचन्दनको ठेक्का मिलाई दिन्छु’ व्यापारीबाट ७० लाख रुपैयाँ घुस लिएको दाबी आयोगको छ । मिश्रले घुसबापतको रकमको ४० लाख रुपैयाँ छोरा नविनकुमार मिश्रको बैंक खातामा राखेका थिए । अख्तियारले घुसको रकम राख्न सहयोग गरेको अभियोगमा मुख्य कसुरदार सरह सजाय निम्ति नविनकुमारविरुद्ध पनि भ्रष्टाचार अभियोग लगाएको छ ।

मिश्रलाई घुस उपलब्ध गराउने मतियार बनेको ग्याल्जेन एण्ड तामाङ्ग प्रालि र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनविरुद्ध पनि अभियोग लगाएको छ । ग्याल्जेन आफैँले २५ लाख रुपैयाँ दिएको पुष्टि भएको आयोगको अनुसन्धानले पत्ता लगाएको छ । आयोगका अनुसार, बाँकी ४५ लाख सेवाग्राहीबाट लिँदै मिश्रलाई दिएको देखिएको छ । ग्याल्जेनलाई मुख्य अभियुक्त सरह बिगो कायम हुने व्यवस्था छ । तर ग्याल्जेनको मृत्यु भइसकेको भइसकेको छ ।

आयोगले मृत्युपछि पनि मुद्दाको कारबाही र किनारा बाधा नपर्ने उल्लेख गर्दै कैद र जरिवानाको भने दाबी लिएको छैन । आयोगले बिगो क्षतिपूर्ति वा रकम भराउन सकिने व्यवस्था रहेकाले ७० लाख रुपैयाँ जफत गर्ने प्रयोजन निम्ति ग्याल्जेनलाई प्रतिवादी कायम गरेको जनाएको छ । आयोगले ‘अपराधीसँगै अपराध मर्दछ’ फौजदारी न्यायको सिद्धान्त अपनाउँदै कैद–जरिवानाको दाबी नलिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]