सप्तरी – बझाङकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा बालसुधार गृह डोटीमा बन्दी रहेका १६ वर्षीया किशोर भागेका छन्।
बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि बालसुधार गृह डोटीमा बन्दी रहेका १६ वर्षीय राजेन्द्र बोहोरा भागेको डोटी प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक ईन्द्रवहादुर मल्लले बताए।अभियुक्त बोहरालाई कोराना संक्रमण देखिएपछि बाल सुधार गृहबाट अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
बिहिबार राति आईसोलेसनबाट नै बोहोरा भागेका हुन् । आईसोलनबाट फरार रहेका बोहराको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।