०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ ।

कारागारको क्षमता ३५ भए पनि अहिले आठ महिला र ७५ पुरुष गरी ८३ कैदीबन्दी राखिएको छ । ०२८ मा स्थापना भएको कारागार ०७२ कोे भूकम्पका कारण जीर्ण छ । कारागारका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार कारागार ३५ जना राख्ने क्षमताको हो ।‘भवन जीर्ण छ, कैदीबन्दीको संख्या बढेको–बढ्यै भयो,’ उनले भने, ‘वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई बस्न समस्या भएको छ ।’ जिल्लामा आधुनिक कारागार भवन निर्माणका लागि विभागमा पटक–पटक अनुरोध गरे पनि कुनै प्रक्रिया अगाडि नबढ्दा दिनप्रतिदिन समस्या बढ्दै गएको कारागार प्रशासनको भनाइ छ ।कैदीबन्दीलाई सुत्न र शौचालय जान समस्या जीर्ण बन्दै गएको लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न निकै समस्या परेको छ । सुत्ने–बस्ने समस्या भयो भन्दै कैदीहरूले गुनासो गर्ने गरेका छन् । कारागारका कैदीहरूले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा आफुहरूलाई सुत्न र शौचालय जानसमेत समस्या भएको गुनासो गरेका छन् । कारागारका चौकीदार मेखबहादुर दुराले क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको कारागारमा वैकल्पिक व्यवस्थापन हुन नसक्दा सुत्न र शौचालय जान समस्या भएको बताए ।

उनले भने, ‘कैदीबन्दीले पिउने पानी, चर्पी, आरामदायी बसाइलगायत समस्या झेल्दै आएका छन् ।’ नयाँ आउने कैदीबन्दीका लागि आन्तरिक प्रशासनले छुट्टै राख्ने व्यवस्थाअनुरूप चर्पी, वासस्थानसहितको सामान्य व्यवस्था गरेको भए पनि त्यो दीर्घकालीन छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]